बिबिधसमाचारसमाज

योङ हार्ट क्लवले नगरलाई सफा राख्न अभियान सञ्चालन गर्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पथरीशनिश्चरे, १५ असोज । लायन्स क्लव अफ पथरी योङ हार्टले पथरीशनिश्चरे नगरपालिकाको मुख्य बजार क्षेत्र सफा राख्ने अभियान सुरु गर्ने भएको छ । वजारको फोहोर मैला व्यवस्थापन गर्न क्लवले बजारका विभिन्न १४ स्थानमा ‘डष्टविन’राख्ने भएको छ ।
पथरीशनिश्चरे नगरमा २ महिना अघि औपचारिक रुपमा स्थापित योङ हर्ट क्लव शुद्ध सामाजिक काम गर्ने अभिप्रायले स्थापना भएको सामाजिक संस्था हो ।
मंगलवार आयोजना गरिने कार्यक्रमको वारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष केदार बोहोराले वजारका मुख्य सडकहरुका साथै मुख्य–मुुख्य चौकमा (मन्दिर लाईन,लोकतान्त्रिक चौक,यलम्वर चौक,कौशिला सुनचादी पसल आसपास, पथरीबहुमुखी क्यामपस हाता भित्र,शिखर चौक,पशुपति,सुनाखरी,वुद्घ चौक) गरि वजारका १४ स्थानमा फोहोर व्यावस्थापन गर्ने डस्टविन राखिने जानकारी दिनुभयो ।
विश्वमा २ सय वढी राष्ट्रहरुमा स्थापित भई सञ्चालनमा आएको लायन्सले ति राष्ट्रहरुमा ४६ हजार क्लवहरुको स्थापना गरि सामाजिक क्षेत्रमा आफ्नो योगदान दिदै आएको लायन सर्वलाल राईले जानकारी दिनुभयो । नेपालमा मात्र ३० हजार भन्दा लायन सदस्य रहेको र प्रत्येक लायनले वार्षिक ८ हजार रुपियाँ दान गर्ने गरेको राईले जानकारी गराउनु भयो ।
योङ हार्टले स्थानीय क्यान्सर पीडित वालक धड्कन राई वचाउँ अभियानमा सहयोगार्थ ९० कार्टुन पानी,सृजनशिल युवा समुहसँगको सहकार्यमा ४० पिन्ट रक्तदान सहयोग, विश्वनाथ संस्कृत विद्यालय र पथरी बहुमुखी क्याम्पसको जग्गामा वृक्षारोपण गरेर आफ्नो उपस्थिति देखाइ सककेो छ ।
योङहार्टले आफ्नो सामाजिक कार्यको ३९ प्रतिशत योगदान रक्तदानमा गर्दै आएको बताएको छ । मङ्गलबार हुने कार्यक्रममा ४० हजार मुल्य बरावरको डस्टविनको व्यवस्थापन गरिएको सचिव गणेशकुमार राईले बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles