nirantarkhabarखेलकुदसमाचार

बेतना फुटबल क्लब फाइनलमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
मोरङको बेलबारीमा जारी प्रथम स्मृति नकआउट फुटबल प्रतियोगितामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बेतना फुटबल क्लब बेलबारी फाइनल प्रवेश गरेको छ । प्रतियोगितामा डि एफ सी बेलबारीलाई १ का बिरुद्ध २ गोल गर्दै बेतना फुटबल क्लब बेलबारीले फाइनलमा स्थान बनाएको हो ।

बुधबारको खेलमा बेतना फुटबल क्लब बेलबारीका किरण लिम्बु मेन अफ द म्याच घोषित हुदै नगद रु ५ सय प्राप्त गरे । प्रतियोगिताको बिजेताले नगद रु ३० हजार ५ सय र दितिय हुनेले नगद रु १५ हजार ५ सय साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगिताको मेन अफ द सिरिजले २ हजार, बढि गोल गर्नेले २ हजार र मेन अफ द म्याचले प्रत्येक खेलमा ५ सय प्राप्त गर्ने क्लबका अध्यक्ष इन्द्र राइले जानकारी दिए ।
स्मृति फुटबल युवा समुह बेलबारी–४ को आयोजनामा असोज ६ गते सुरु प्रतियोगिता असोज १३ हुने फाइनल खेल सँगै समाप्त हुनेछ ।

बेलबारी –३ टुक्रेमा रहेको बेलबारी रंगशालामा जारी प्रतियोगिताबाट बचेको रकमले बेलबारी नगरभित्रका सरकारी बिद्यालयकमा अध्ययनरत २ जना बिद्यार्थीहरुलाई पठनपाठनमा सहयोग गर्ने मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा बिहिबार लेटाङ फुटबल क्लब र कुसुमे फुटबल क्लब केराबारी बिच दोश्रो सेमिफाइनल खेल हुनेछ ।

Facebook Comments
Show More

Related Articles