अर्थबिबिधसमाचारसमाज

दशैंको मुखमा चिनीको मुल्य आकाशियो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

निरन्तर खबर डेक्स
बेलबारी(मोरङ) १० असोज । दशैं आउनै लाग्दा बजारमा चिनीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सरकारले आयातमा कोटा तोकेसँगै चिनीको मुल्य एकाएक वृद्धि भएको हो । सरकारले आयात नियन्त्रण गर्ने निर्णय गरेसँगै व्यापारीहरूले अहिले किलोमै १० रुपैयाँ मूल्य वृद्धि गरेका छन् ।
प्रतिकिलो ७० देखि ७५ रुपैयाँसम्म रहेको चिनीको मूल्य अहिले ८० देखि ८५
रुपैयाँसम्म पुगेको छ ।भदौ ३१ गते नेपाल सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको थियो ।यो वर्ष १ लाख मेट्रिक टनमात्र चिनी आयात गर्न पाउने निर्णय गत भदौ मसान्तमा बसेको मन्त्रिपरिषद्ले गरेको थियो । यो निर्णयसँगै आयात लगभग रोकिएको छ। यही आयात रोकिएको मौकामा व्यापारीले चिनीको मूल्य बढाएका हुन्। यता तराईका भारतसँग जोडिएका जिल्लामा भने भारतीय चिनी आयात ह्वात्तै बढेको छ । मोरङको सीमपारि जोगवनी र विराटनगर बजारमा चिनीको मुल्य प्रति केजी २० रुपियाँ अन्तर भएको छ ।

Facebook Comments
Show More

Related Articles