बिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

प्रसुति केन्द्रमा बच्चा जन्माउने पहिलो महिला रेणुकालाई १० हजार प्रदान

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
पथरीशनिश्चरे(मोरङ)१० असोज । पथरीशनिश्चरे नगरपालिकाको पूर्व घोषित कार्यक्रम अनुसार प्रसुति केन्द्रमा पहिलो बच्चा जन्माउने रेणुका विश्वकर्मालाई नगरपालिकाले १० हजार नगद प्रदान गरेको छ ।
नगरको पहिलो प्रसुति केन्द्र उद्घाटनका क्रममा नगरकी उप प्रमुख यमुना विष्टले पहिलो पटक सुत्केरी गराउने महिलालाई १० हजार रुपियाँ दिने घोषणा गर्नु भएको थियो ।सोही क्रममा रेणुकालाई प्रोत्साहन स्वरुप मङगलवार नगरपालिका प्रमुख दिलिपकुमार राई ,उप–प्रमुख यमुना विष्ट लगायतका पदाधिकारीहरूले नगद १० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको हो । यसपछि पनि स्वास्थ्य चौकीले प्रसुति गराउने प्रत्येक महिलालाई प्रोत्साहन स्वरुप १ हजार, रुपियाँ नगद र गर्भवती अवस्थामा नियमित स्वास्थ्य परीक्षण गराउने महिलाई थप ८ सय रुपियाँ गरी १ पटक प्रसुति गराउदा १ हजार ८ सय प्रदान गर्ने कार्यक्रम रहेको नगर स्वास्थ्य संयोजक मुरारी आर्चायले बताउनु भयो ।
नगरपालिका क्षेत्र सरकारी स्तरबाट सुविधा सम्पन्न प्रसुति केन्द्र स्थापना भएपनि नागरिकहरू नर्सिङ होम तिर जाने प्रवृति बढेपछि नगरवासीलाई प्रोत्साहन स्वरुप खर्च दिइएको नगर स्वास्थ्य प्रमुख मुरारी आर्चायको भनाई छ ।

Facebook Comments
Show More

Related Articles