बिबिधसमाचारसमाज

शोकलाई शक्तिमा बदल्न पुस्तक उपहार

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
कानेपोखरी(मोरङ) १० असोज । मानिसहरू कसैको मृत्युपछि मृतकका आफन्तलाई भेट्न जाने चलन छ । अझ पूर्वीय परम्परामा किरिया बसेका सबैजनालाई एक छाक खान पुग्ने चामल,घ्यू,चिनी,फलफुल लैजाने चलन नै छ । पछिल्लो समय मृतकका परिवारलाई समवेदना पत्र दिने चलन सुरु भएको छ । तर मोरङको कानेपोखरी–६ का महेन्द्र बोहोरा मृतकका आफनतलाई भेट्न जाँदा न त चालम र घ्यु लानु हुन्छ , न समेवेदना पत्र नै । विगत २ वर्षयता गाउँघरमा कोही मर्दा बोहोरा मृतकका परिवारलाई पुस्तक उपहार दिन थाल्नु भएको छ ।
बोहोराको अभियानमा स्थानीय विबेक लिम्बूले समेत साथ दिँदै आउनु भएको छ । बोहोराले शोकमा डुवेका ३१ परिवारलाई पुस्तक प्रदान गरिसक्नु भएको छ । पछिल्लो समय किरिया बसेकाहरू समेत तास खेलेर समय कटाउन थालेको देखेपछि बोहोराले पुस्तक दिन थाल्नु भएको हो । बोहोराले भन्नुभयो–‘राजनीतिक, आर्थिक होस वा उपन्यास,कविता वा निबन्ध, शोकमा बसेका किरिया पुत्रीको जुन विषय प्रति बढी चाख छ , त्यही खालको पुस्तक दिँदै आएको छु । उहाँले पुस्तक पढेर समय कटाउन मात्रै होइन, शोकलाई शक्तिमा बदल्न समेत सकिने बताउनु भयो । नेपाली लेखकद्वारा लेखिएका चलन चल्तीका पुस्तक बजारमा आउना साथ खरिद गर्ने बोहोरा सामान्यता ६ सय हाराहारी मूल्य पर्ने पुस्तकहरू प्रदान गर्नुहुन्छ ।
मृतकका आफन्तको घरमा घरै ढाक्ने गरी समवेदना पत्र र भण्डार भरि फलफूल हुनेगर्छ । शुभेच्छुकले ल्याइदिएको फलफूल कुहिएर , नासिएर सकिन्छ भने समवेदना पत्र ब्यवस्थापन गर्नै कठिन हुन्छ । त्यसैले शोकमा परेका र जन्मदिन मनाउने शुभेच्छुकलाई पुस्तक दिन थालेकोे बोहोराको भनाई छ । बोहोरा सँगै पुस्तक दिने अभियानमा स्थानीय विवेक लिम्बू पनि सहभागी हुने गर्नुहुन्छ ।
स्थानीय सर्च लाइट वोर्डिङ स्कुलका सञ्चालक बोहोराले हाल सम्म १६ हजार मुल्यका पुस्तक प्रदान गरिसक्नु भएको छ । उहाँले भन्नुभयो–‘नेपाली लेखकहरूले पनि पठनीय पुस्तक लेख्न थालेका छन् । पुस्तक पढ्ने बानीसँगै ज्ञान आर्जन पनि होस भन्ने मेरो ईच्छा हो ।

Facebook Comments
Show More

Related Articles