बिबिधसमाचारसमाज

उर्लाबारीबाट १९ जना तासे पक्राउ

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

उर्लाबारी, ८ असोज । उर्लाबारी प्रहरीले मोरङको उर्लाबारीबाट सोमबार बेलुका तास खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको छ । उनीहरू दुई वटा तासको खालबाट पक्राउ परेका हुन् ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले उर्लाबारी नगरपालिका – ४ र ६ बाट उनीहरुलाई तास खेलिरहेको अस्थामा नगदसहित पक्राउ गरेको हो ।

प्रहरील दिएको जानकारी अनुसार उर्लाबारी – ४ बाट २ महिलासहित ४ जनालाई ९ हजार रुपियाँ नगद र तास सहित पक्राउ गरिएको हो । प्रहरी टोलीले उर्लाबारी – ६ बाट नगद ६० हजार रुपियाँ नगद र ताससहित १५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जना महिलालाई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ भने बाँकी सबैलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर अनुसन्धान भईरहेको छ । कसको घरबाट पक्राउ गरिएको र पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गर्न चाहेको छैन । प्रहरीले नाम सार्वजनिक नगर्दा पक्राउ परेका ब्यक्तिहरू उर्लाबारी क्षेत्रका गन्यमान्य हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।

Facebook Comments
Show More

Related Articles