बिबिधसमाचारसमाज

मानसिक रोगी युवती बलात्कृत

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं ८ असोज । काठमाडौंको सिमलटारस्थित आरुबारीमा मानसिक सन्तुलन गुमाएकी २८ वर्षीय युवती बलात्कृत भएकी छन् ।बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले सोल्खुम्बुका दावा तामाङलाई पक्राउ गरेको छ ।

दावाले स्थानीय एक ग्रील पसलमा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ ।

युवती चर्चबाट फर्किँदै गरेको वेला फकाएर लगेर तामाङले बलात्कार गरेको पीडित परिवारको आरोप छ । तामाङको बुबाले सञ्चालन गरेको ग्रिल पसलमा लगेर उनले बलात्कार गरेको बताइएको छ ।

प्रहरीले तामाङले आफ्नो कसुर स्वीकारेको जनाएको छ । उनले आफूले मादक पदार्थ सेवन गरेको तालमा घटना भएको बयान दिएको प्रहरीको भनाई छ ।

Facebook Comments
Show More

Related Articles