अर्थकृषिबिबिधसमाचारसमाज

बिदेशबाट फर्किएर स्वदेशमा ब्यावसाय गर्नेलाई सरकारले १० लाख सम्म ऋण दिने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

निरन्तर खबर डेक्स
बेलबारी ८ भदौ । के तपाई बिदेशबाट फर्कदै हुनुहुन्छ ? यदी फर्कदै हुनुहुन्छ भने फेरि बिदेशको तातो घाममा अब पसिना बगाउनु पर्दै । सरकारले अब वैदेशिक रोजगारीमा गएका नागरिकले स्वदेशमा फर्किएर कुनै व्यवसाय गर्न चाहेमा १० लाख रुपियाँ सम्म सस्तो ब्याजदरमा ऋण दिने भएको छ । अर्थ मन्त्रालयले शनिबार देखि ल्याएको एकीकृत ब्याज अनुदान कार्य विधिले त्यस्ता नेपाली नागरिकलाई परियोजना धितोमा ऋण दिने व्यवस्था गरेको छ ।

थोरैमा ६ महिना विदेशमा काम गरेर फर्किएको र स्वदेश फर्किएको ३ वर्ष ननाघेका नेपाली नागरिकले आफूले सिकेको सीपअनुसारको व्यवसाय गर्न चाहेमा परियोजना धितोमा राखेर ऋण पाउने एकीकृत ब्याज अनुदान कार्य्विधिमा उल्लेख छ ।

पाँच वर्ष कर्जा अवधि रहेको यस्तो ऋणको ब्याजदर भने बैंकले तोकेको आधार ब्याजदरभन्दा २ प्रतिशत मात्र बढी हुने बताइएको छ । जसमा ५ प्रतिशत सरकारले तिरिदिने उल्लेख छ ।

यस्तो ऋणका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकिनेछ । तर, ऋण लिँदा प्रमाणको रूपमा भिसा, पासपोर्ट, फर्किएको देशको कागज, सिकेको सीप, अनुभवको प्रमाणपत्र र विदेशी नागरिक नभएको घोषणा गर्नुपर्नेछ ।

Facebook Comments
Show More

Related Articles