अर्थसमाचार

सुन्दरहरैचामा पार्टी कार्यकर्तालाई बाणिज्य संघको सदस्यता दिइएको भन्दै व्यापारीद्वारा विरोध

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बिराटचौक ५ भदौ ।
चुनाव जित्ने जोडबलका लागि गैरब्यापारीहरुलाई सदस्यता दिइएको भन्दै विरोध भएपछि तत्कालिन कोशीहरैचा उद्योग वाणिज्य संघमा भाँडभैलो मच्चिएको छ । आफू र आफ्नो दलले चुनाव हार्ने भएपछि संघका अध्यक्ष नवराज चापागाई संघको साधारण सभा गर्ने भन्दा नि कसरी संघलाई कब्जा गर्न सकिन्छ भन्ने रणनीतिमा लागेको रहस्य सार्वजनिक भएको छ ।
राज्य पुर्नसंरचना भएपछि मोरङका साविकका दुई वटा नगरपालिका कोशीहरैचा र सुन्दरदुलारी नगरपालिका गाभिएर एउटा नगरपालिका बन्यो । यस अघि सुन्दरदुलारी र कोशीहरैचा नगरपालिकामा दुई वटा वाणिज्य संघ अस्तित्वमा थिए । ति अझै पनि आफ्नै पाराले चलिरहेका छन् । सुन्दरदुलारीले नेपाल उद्योग वाणिज्य महासंघ(एफ एन सि सि) बाट सम्बन्धन लिइसकेको छ भने कोशीहरैचाले सम्बन्धन पाएको छैन । दुई नगरपालिका गाभिएर नगरपालिकाको नाम सुन्दरहरैचा बनेको छ । एउटा नगरमा एउटा वाणिज्य संघलाई मात्र सम्बन्धन दिने महासंघको निर्णयले यतिबेला दुई वटा वाणिज्य संघलाई समायोजन गरेर एउटै बनाउनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
सुन्दरदुलारी उद्योग वाणिज्य संघले महासंघको सदस्यता पाइ सकेकोले कोशीहरैचालाई सोहीमा गाभ्नु पर्ने र कार्यालय विराटचौकमा राख्नुपर्ने ब्यापारीहरूको माग छ । तर कोशीहरैचा उद्योग वाणिज्य संघले नियमित साधारण सभा सम्म गर्न सकेको छैन । विराट चौकका ब्यापारीहरू भन्छन् –प्रत्येक वर्ष नियमित साधारण सभा र दुई वर्षमा निर्वाचन हुनु पर्ने हो तर न साधारण सभा भएको छ , न त निर्वाचन नै । संघले गत भदौ ३१ सम्म नयाँ सदस्यता प्राप्त गर्न सक्ने भन्दै ब्यापारीहरूका लागि सार्वजनिक सूचना निकालेको थियो । तर, भदौ २७ गते दिउँसो नै अध्यक्ष नवराज चापागाईले सदस्यता लिने समय सीमा सकिएको भन्दै समितिको आपतकालिन बैठक बोलाउनुभयो । समाचार स्रोत भन्छ–‘अध्यक्ष चापागाईले २७ गते बिहान बसेको नेकपाको बैठकले दिएको निर्देशन अनुसार सदस्यता प्राप्त गर्ने समय सीमा सकिएको भनी बैठक बोलाउनु भएको हो ।
निरन्तर खबरलाई प्राप्त भएको समाचार अनुसार चापागाईले २७ गतेको समय सीमा भित्र वाइसीएल र युवा संघ राजनीतिक कार्यकर्तालाई सदस्यता दिनु भएको छ । त्यसरी सदस्यता पाउनेमा ९० प्रतिशत भन्दा बढी गैर ब्यापारी रहेका छन् । गाडी रिजर्व गरी प्रत्येक वार्डका घर–घरमा पुगेर चापागाईले वाणिज्य संघ जसरी पनि कब्जा गर्नुपर्छ भन्दै पान नं. सम्म नलिएका पार्टीका कार्यकर्तालाई वाणिज्य संघको सदस्य दिएको बुझेपछि पुर्व अध्यक्षहरु भोलेश्वर दुलाल र गोपाल थापा सहितको बैठक नयाँ सदस्यता थप सम्बन्धमा बसेको थियो । तर बैठकमा एजेण्डा प्रवेश हुन नपाउँदै बबण्डर भएको थियो । यसरी फर्जी सदस्यहरु झण्डै साडे ५ सयको हाराहारीमा प्रदान गरिएको कोशीहरैचा वाणिज्य संघलाई नजिकबाट जान्नेहरू बताउँछन् ।
यसैबिच नयाँ सदस्यको चयन र हाल सम्म पनि कुनै साधारण सभा र आयव्यय विवरण सार्वजनिक नगरेकोले चापागाईको ब्यापक आलोचना हुन थालेको छ । नाम नभन्ने शर्तमा एक व्यापारीले चापागाइले व्यापक अनियमितता गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानविनको माग गरेका छन् । पछिल्लो समय नेकपा पार्टी भित्रै चापागाइको व्यापक विरोध हुन थालेको छ । पूर्व अध्यक्ष देखि वहालवाला कार्य समितिका सदस्यहरू समेत अध्यक्षको दादागिरी शैली विरुद्ध देखिएका छन् । सदस्यता बिस्तार गर्नेमा अधिकांश सञ्चालकहरू एकमत छन् । यद्यपि गैर सदस्यलाई सस्थामा प्रवेश गराएर संघको गरिमामा हिलो छ्याप्ने पक्षमा अध्यक्ष बाहेक कोही पनि देखिएका छैनन ।
संस्थामा निर्वाचित भएर गएपछि आशन ग्रहण र भाषणमा मात्र देखिनु भएका चापागाई पुन ः वाणिज्य संघमा जाने प्रयासमा देखिनु भएको छ । चापागाईले ३ वर्ष बितिसक्दा पनि साधारण सभा गर्न सक्नु भएको छैन । संघको बजेटमा एकलौटी रजाई गरिरहनु भएका चापागाई गत स्थानीय चुनावमा नेकपा माओवादीका तर्फबाट उप मेयरका प्रत्यासी हुनुहुन्थ्यो । पदका लागि मरिहत्ते गर्ने चापागाईं पछिल्लो समय नगरवासीबाट तिरस्कृत हुँदै गएपछि जसरी पनि बाणिज्य संघ कब्जा गरी आफू पदमा पुग्न तत्कालिन एमाले नेताका घर दैलामा पुग्न थाल्नु भएको छ । तर चापागाईलाई वाणिज्य संघको उम्मेद्वार नबनाउन तत्कालिन एमालेले छुट्टै लविङ गरिरहेको बुझिएको छ । उता चापागाइले बैठकका क्रममा आफुले पाननम्बर भएकालाई मात्रै मतदान अधिकार दिने भनेको तर अन्य पदाधीकारीले नै नमानेको भन्दै भदौ ३१ गते सम्म सदस्यता वितरण गर्ने समय हुँदा हुँदै पनि गैर व्यापारीले सदस्यता लिन थालेपछि २७ गते नै आफुले रोकेको चापागाइले बताउनुभयो ।

Facebook Comments
Show More

Related Articles