अर्थबिबिधसमाचारसमाज

उद्यमशिलतामा अघि बढ्दै दिगोपन सहकारी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

 

कानेपोखरी ५ असोज । मोरङको कानेपोखरी ७ स्थित दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि.ले सातौं वार्षिक साधारण सभाका अवसरमा ९ जनालाई सम्मान गरेको छ । शुक्रबार स्थानीय स्यार्लो कोइवोमा भएको साधारण सभामा ज्येष्ठ एकल महिला सम्मानबाट ५९ वर्षीया रत्नकुमारी कार्कीलाई सम्मान गरिएको छ ।
यस्तै बाल बचत तर्फ मानव खड्का, ऐच्छिक बचत तर्फ उमाकुमारी गुरुङ,उत्कृष्ठ शेयर सदस्य तर्फ विष्णुुकुमारी गुरुङलाई सम्मान गरियो ।
सस्थाले सञ्चालन गरेको सिलाई कटाइृमा उत्कृष्ठ कारोवार गरेको भन्दै तुलसा देवी घिमिरेलाई सम्मान गरिएको छ । यस्तै जोडा जोडी बचत र नियमित बचत तर्फ उत्कृष्ठ हुने गोमा लिम्बू,दीर्घकालीन बचत तर्फ उत्कृष्ठ हुने शशिकला खतिवडा ,सर्वाधिक सदस्य बनाउने तुलसा देबी घिमिरे र उत्कृष्ठ कारोवार गर्ने सुनगाभा समूहलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
उत्कृष्ठ घोषितहरूलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका उपाध्यक्ष गोमा नेपालले पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।
कानेपोखरी गाउँपालिका भित्रका विभिन्न ४७ वटा महिला समूहहरू संगठित भई स्थापना भएको दिगोपन सामाजिक महिला उद्यमी सहकारी संस्थामा ७०७ जना शेयर सदस्य रहेका छन् ।
कुल २४ लाख ८८ हजार ६ सय रुपियाँ शेयर पूँजी रहेको संस्थामा ९३ लाख ९९ हजार ३८६ रुपियाँ बचत निक्षेप रहेको छ । यस्तै संस्थाले गत आवमा १ करोड ७ लाख ४१ हजार ९१० रुपियाँ ऋण लगानी गरेको छ । गत आवमा संस्थाले २करोड ४३ लाख ८९ हजार ७२० रुपियाँको कारोवार गरी ३ लाख १९ हजार २५१ रुपियाँ शुद्ध बचत गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका उपाध्यक्ष गोमा नेपालले उद्घाटन गर्नु भएको साधारण सभामा मदन भण्डारी स्मृति प्रतिष्ठानका सामाजिक विकास अधिकृत रुद्रबहादुर तामाङ लगायतका वक्ताले संस्थालाई साँच्ची कै उद्यमी सहकारी संस्थाका रुपमा रुपान्तरण गर्न सीप सिकेर ब्यावसायमा लाग्न आग्रह गर्नुभयो । सहकारी संस्थाले बचत तथा ऋण कारोवारका अतिरिक्त पशु पंक्षीको दाना ब्यापार, जिउँदो खसी बोका र पाठा पाठीको ब्यापार,सिलाई कटाई,उन्नत जातको घाँस बीउको खरिद बिक्री लगायतका काम गर्दै आएको छ ।
संस्थाका अध्यक्ष कमला योञ्जनले गत आर्थिक वर्षको प्रगति विवरण तथा आगामी आव २०७५/०७६ का लागि वार्षिक कार्ययोजना प्रस्तुत गर्नु भयो । यस्तै कोषाध्यक्ष फूलमाया राई आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको साधारण सभामा उपाध्यक्ष बिमला अधिकारीले स्वागत गर्नु भएको थियो । साधारण सभा संस्था सचिव उमा राना मगरले सञ्चालन गर्नु भएको थियो ।

Facebook Comments
Show More

Related Articles