बिबिधसमाचारसमाज

चालकसँग सरकार झुक्यो , गाडी चल्न थाले

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं ५ असोज – आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सरकारले आठ बूँदे सहमति गरेको छ ।शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम शुक्रबार देखि नै फिर्ता भएका छन् । सरकारले आन्दोलनका क्रममा थुनामा रहेका सबै सवारी चालकलाई विना सर्त शुक्रबार नै रिहा गर्नै भएको छ ।

प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको तीन घण्टा लामो छलफलमा सरकारले चालकका माग पूरा गर्ने सहमति जनाएको छ ।

विहिबार रातीनै वीरगंजबाट आन्दोलनको नेतृत्व गरिरहेको स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक वसन्त शर्मा, सहसंयोजक अर्जुन अधिकारीसहितको टोली काठमाडौं पुगेको थियो ।
छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव ,गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक,पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजीव गौतम सहभागी हुनुहुन्थ्यो

Facebook Comments
Show More

Related Articles