खेलकुदबिबिधसमाचारसमाज

बुद्ध एयर डाँगीहाट गोल्ड कपको उपाधि मोरङ एकेडेमीले चुम्यो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
बेलबारी(मोरङ) ३० भदौ । कर्ण लिम्बूको ह्याट्रिक सहित ६–० गोलको फराकिलो अन्तरले विर्तामोड युनाइटेड क्लव झापालाई हराउँदै मोरङ फुटबल एकेडेमी मोरङको बेलाबारीमा जारीे अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो बुद्ध एयर डाँगीहाट गोल्ड कपको उपाधि जित्न सफल भएको छ ।
शनिवार स्थानीय लक्ष्मी खेल मैदानमा भएको फाइनल खेलमा पहिलो संस्करणको बदला लिँदै मोरङले झापालाई उप विजेता बनाएको हो । गत वर्ष मोरङ उप विजेता बनेको थियो । आजको जित सँगै मोरङले २ लाख २२ हजार २२२ रुपियाँ नगर सहित गोल्ड कप हात पारेको छ । विर्तामोड युनाइटेड फुटबल क्लव झापाले उप विजेता बन्दै १ लाख ११ हजार १११ रुपियाँ सहित ट्रफि जितेको छ ।
विजयी टिमलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार र कप प्रदान गर्नुभयो ।
फाइनल खेलमा सुरु देखि नै मोरङले उत्कृष्ठ खेल खेलेको थियो । एकपछि अर्को अबसर निकाल्न सफल मोरङ खेलको ५ औं मिनेटमा नै पहिलो गोल गरेको थियो । मोरङका विदेशी खेलाडी फ्रेन्कले गोल पोष्टमा प्रहार गरेको बल झापाका गोल रक्षक मीन बस्नेतले क्लियर गरेका थिए । तर , कुनै अबसर नगुमाइ निशान लिम्बूले उक्त बललाई जालीको दिशा दिएपछि मोरङले अग्रता लियो । लगत्तै १ मिनेट पछि मोरङका कर्ण लिम्बूले १ गोल गरे । पोष्टवारमा ठोक्किएर डिबक्समा झरेको गोललाई कर्णले प्रहार गर्दै टिमलाई २–० को अवस्थामा पु¥याएा थिए । खेलको ३८ औं मिनेटमा विबेक पौडेलले दिएको पासलाई सदुपयोग गर्दै मोरङका सौजन राईले गोल गरे ।
पूर्वाद्र्धमा ३–० को अग्रता कायम गरेको मोरङका लागि ५९ औं र ६४औं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै हाइस्कोररको सूचीमा आफ्नो नाम लेखाए । ५९ औं मिनेटमा कर्णले निशान लिम्बूले मध्य भागबाट निकालि दिएको बल ठूलो डिबक्स छेउबाट प्रहार गर्दै गोलमा परिणत गरेका हुन् । यस्तै ६४ औं मिनेटमा मैदानको मध्य भागबाट ३ जना झापाली खेलाडीलाई बिट गर्दै कर्णले गोल ठोके । खेलमा थप भएको ४ मिनेट अतिरिक्त समयको पहिलो मिनेटमा मोरङका फ्रेन्कले थप १ गोल गर्दै मोरङलाई ६–० गोलको फराकिलो जित दर्ता गराए ।
मोरङ विरुद्ध झापाले ४८ औं मिनेटमा पाएको उत्कृष्ठ अवसर खेर फालेको थियो । अनीष चापागाईले कर्नरबाट दिएको पासलाई नानी लिम्बूले प्रहार गरे पनि बल पोष्ट वारमा ठोक्किदै मैदानबाट बाहिरियो । लगत्तै ५१ औं मिनेटमा अनीष चागाईले पुन बललाई पोष्टको दिशा दिएका थिए । तर त्यसबेला मोरङका जीवन धामीले गोललाइनबाट बल क्लियर गरिदिएपछि झापाले स्कोर गर्न सकेन ।
५८ औं मिनेटमा मोरङका कर्ण लिम्बूलाई डिबक्समा लडाएपछि मोरङले पेनाल्टी हान्ने अबसर पायो । तर फ्रन्कले प्रहार गरेको पेनाल्टी मैदान बाहिर गयो । फाइनल खेलको म्यान अफ द म्याच मोरङका जीवन धामी घोषित भए । यस्तै प्रतियोगिताको उत्कृष्ठ गोलरक्षक किशोर गिरी (मोरङ एकेडेमी) ५ हजार,सर्वाधिक गोलकर्ता कर्ण लिम्बू (मोरङ एकेडेमी) ७ हजार, उत्कृष्ठ मिड फिल्डर संजोग राई (५ हजार),उत्कृष्ठ कोच संजिव बुढाथोकी ( मोरङ एकेडेमी) ५ हजार ,म्यान अफ द सिरिज बिबेक पौडे्ल ( मोरङ एकेडेमी ) १० हजार साथै सात दिनका लागि दुवई यात्रा प्राप्त गरेका छन । त्यस्तै उदयमान खेलाडी मनिस राई ( आयोजक) ५ हजार उत्कृष्ठ स्ट्राईगर कर्ण लिम्बु (मोरङ एकेडेमी) ५ हजार उत्कृष्ठ डिफ्रेन्ड प्रबेश दनुवार (मोरङ एकेडेमी) ५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

Facebook Comments
Show More

Related Articles