अर्थकृषिबिबिधसमाचारसमाज

कृषि सहकारीले कारोवारको ५१ प्रतिशत रकम कृषि कर्ममा लगानी गर्नुपर्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
कानेपोखरी ३० भदौ । जिल्ला कृषि सहकारी संघ लिमिटेड मोरङका सचिव रविन्द्र आचार्यले कृषि सहकारी संस्थाले आफ्नो कारोवारको ५१ प्रतिशत कारोवार कृषि कर्ममा नै गर्नु पर्ने बताउनु भएको छ ।

शनिवार मोरङको कानेपोखरी ७ स्थित मातृभुमि कृषि सहकारी संस्था लि.को ५ औं वार्षिक साधारणमा बोल्दै आचार्यले सो कुरा बताउनु भएको हो । कृषि सहकारीबाट बोनस र लाभको भन्दा कृषि यान्त्रिकरणमा सहयोग र साझेदारीको अपेक्षा गर्न शेयर सदस्यलाई आग्रह गर्दै आचार्यले कृषि पेशा अप्ठ्यारो भएपनि यो पेशालाई छोड्न सकिने अवस्थामा हामी पुग्न नसकेको उल्लेख गर्नुभयो । कानेपोखरी क्षेत्र सहकारी र सामूदायिक वनका लागि उर्भर भूमि भएको बताउँदै उहाँले भन्नुभयो –‘कृषि सहकारीलाई अरु नाफा कमाउने सहकारी कै दाँजोमा राज्यले ब्यबहार गर्नु हुँदैन । कृषि उत्पादनको परनिर्भरता अन्त्य गर्न राज्यले कृषि सहकारी संस्थालाई अनुदान दिएर परिचालन गर्नु पर्ने उहाँको भनाई छ ।

All-focus

कानेपोखरी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले सहकारीसँग वडा कार्यलय सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले वडा कार्यालयले आगामी आर्थिक वर्षका लागि बेमौसमी तरकारी खेती सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिँदै यस्ता तालिममा कृषि सहकारी संस्थाको सहकार्य आवश्यक हुने बताउनु भयो । साधारण सभामा ग्रामीण सुधार सामूदायिक बन उपभोक्ता समूहका अध्यक्ष नवीन राई र जनमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विजय गोपाल गड्तौलाले शुभकामना दिनु भएको थियो ।

संस्थाका अध्यक्ष नगेन्द्र कोइरालाले संस्थाको आगामी आर्थिक वर्ष २०७५÷०७६ को भावी कार्ययोजना र गत वर्षको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा बचत तथा ऋणमा उत्कृष्ठ कारोवार गर्ने पूजा लिम्बू र कुमारी विश्वकर्मालाई सम्मान गरिएको थियो । यस्तै पशु तथा कृषि ब्यावसायमा निरन्तर क्रियाशील गणेश केसीलाई उत्कृष्ठ उद्यमीके पुरस्कारबाट सम्मान गरियो ।
साधारण सभा कै अवसरमा आफूले गरिरहेको ब्यवसाय बन्द गरेर संस्थाले सञ्चालन गरेको दूग्ध चिस्यान केन्द्रलाई सहयोग गर्ने दुई जना ब्यावसायीलाई सम्मान गरिएको छ । सम्मानित हुने ब्यावसायीहरूमा उमनाथ कोइराला र पवित्रा लिम्बू हुनुहुन्छ ।
कुल ४ सय ३ जना शेयर सदस्य रहेको संस्थामा १७ लाख ७७ रुपियाँ शेयर पूँजी रहेको छ । यस्तै ३१ लाख ४८ हजार ६८ रुपियाँ बचत निक्षेप रहेको छ भने कोष हिसावमा ६ लाख १ हजार १४३ रुपियाँ रहेको छ । संस्थाले गत आर्थिक वर्षमा १ लाख ७३ हजार ४८९ रुपियाँ शुद्ध बचत गरेको छ । स्थानीय आदर्श इङ्लिस स्कुलको प्राङ्गणमा भएको साधारण सभा संस्थाका सचिव हिमप्रसाद तिम्सिनाले सञ्चालन गर्नु भएको थियो

Facebook Comments
Show More

Related Articles