बिबिधसमाचारसमाजसाहित्य

बेतना सिमसारमा साहित्य परिक्रमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी । मोरङको बेलबारीमा रहेको बेलबारी साहित्य विकास समितिले बेतना सिमसारमा साहित्य परिक्रमा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सिमसारकै परिसरभित्र रहेर सहभागि सर्जकहरुले सिर्जना तयार गरी आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा २ दर्जन बढि सर्जकहरुको सहभागिता रहेको थियो । सहभागि सर्जकहरुले छोटो समयमै भएपनि सिमसार परिसरभित्रै रहेर सिर्जना गरिएका रचनाहरु वाचन गरेका हुन ।
लेखन तथा वाचन क्षमताको बिकासका साथै ऐतिहासिक, साँस्कृतिक, धार्मिक क्षेत्रको प्रचारप्रसार पनि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बेलबारी साहित्य विकास समिति अध्यक्ष रेखा सुवेदीले बताइन ।

साहित्य विकास समितिको ऐतिहासिक, साँस्कृतिक, धार्मिक क्षेत्रमा यस्तो कार्यक्रम पहिलो भएको र यो अभियान अब निरन्तर रुपमा प्रत्येक महिनाको १ पटक आयोजना गर्ने क्रममा अर्काे महिना धनपालथानमा साहित्य परिक्रमा कार्यक्रमको आयोजना गरिने पनि अध्यक्ष सुवेदीले वताइन ।

Facebook Comments
Show More

Related Articles