अर्थबिबिधसमाचारसमाज

सगरमाथा साकोसको अध्यक्षमा कार्की निर्वाचित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

उर्लाबारी २९ भदौ । मोरङको उर्लाबारी – ५ स्थित श्री सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा विजयकुमार कार्की निर्वाचित हुनु भएको छ ।
शुक्रबार संस्थाको सभाहलमा भएको मनोनयन दर्ता कार्यक्रममा कार्कीको मात्र नाम दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो । संसथाको २८ औं साधारणसभा आगामी असोज ३ गते हुँदैछ । चुनावी साधारण सभा भएकोले निर्वाचन समितिले शुक्रबार मनोनयन दर्ताको समय तोकेको थियो । अध्यक्ष लगायत सम्पूर्ण पदमा निर्विरोध पदाधिकारी चयन भएको निर्वाचन समितिका संयोजक तेजकुमार रिजालले बताउनु भयो । रिजालले दिनुभएको जानकारी अनुसार
समितिको उपाध्यक्षमा अग्निप्रसाद भट्टराई, सचिबमा लालबहादुर तामाङ निर्वाचित हुनु भएको छ । यस्तै कार्यसमितिको सदस्यहरुमा चेतनाथ सिग्देल, दोर्णबहादुर अधिकारी, सुरेश आचार्य, ओमबहादुर कार्की, ईन्दु भट्टराई(कार्की) र कृष्णमाया राई निर्वाचित हुनु भएको छ ।

यसैगरी लेखा समितिको संयोजकमा जितबहादुर खत्री तथा सदस्यहरुमा राजेश रिजाल र देवीबहादुर सुवेदी चयन हुनु भएको छ ।

Facebook Comments
Show More

Related Articles