बिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

बाल अधिकार कार्यान्वयनमा जोड

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
कानेपोखरी २९ भदौ । मोरङ ३‘१’का प्रदेश सभा सदस्य सुयर्माराज राईले संविधानमा बाल अधिकार सुरक्षित गरेर मात्र राज्यको दायित्य पुरा नहुने बताउनु भएको छ ।
शुक्रबार कानेपोखरी–७ स्थित जनकल्याण माविले आयोजना गरेको बाल दिवस समारोहमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रमुख अतिथि
समेत रहनु भएका सांसद राईले बाल अधिकारलाई घरबाटै सुरक्षित गर्न सके मात्र कार्यान्वयन हुन सक्ने बताउनु भयो । अझै पनि बाल दिवस हुने खाने बालबालिकाको वरिपरि घुमिरेहको बताउँदै राईले भन्नुभयो –प्रभावकारी कार्यान्वयनका लागि सरकारी विद्यालयले महत्वपूर्ण सहयोग गर्न सक्छन् । उहाँले बाल बालिकालाई उनीहरूको अधिकारका विषयमा जानकारी गराउन बाल दिवस पर्खिने हाम्रो बानीमा सुधार आउनु पर्नेमा जोड दिनुभयो । राईको भनाई छ – बाल अधिकारलाई सुनिश्चित नगरे सम्म हामीले कल्पना गरेको सुन्दर समाज निर्माण हुन सक्दैन ।
प्रदेश सभा सदस्य शेखरचन्द्र थापाले कार्यक्रममा बोल्दै बाल बालिकाले भय मुक्त वातावरणमा पढ्न लेख्न र आफ्ना हक अधिकारका विषयमा जान्न पाउनु पर्नेमा जोड दिनुभयो ।
अर्का वक्ता कांग्रेस महासमिति सदस्य एवं नोवेल मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक डाक्टर सुनील शर्माले जन कल्याण माविका सम्पूर्ण विद्यार्थीलाई दन्त सेवा सहित निशुल्क स्वास्थ्य परीक्षण गरिदिने घोषणा गर्नुभयो । उहाँले ९० जना विद्यार्थीलाई पोशाक समेत प्रदान गर्नुभयो ।
कानेपोखरी–७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले स्थानीय सरकारले विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
समारोहमा स्थानीय समाजसेवी देवेन्द्र लुइटेल,लीलाबहादुर श्रेष्ठ र हिमप्रसाद तिम्सिनाले संयुक्त रुपमा ३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभयो । सोही अवसरमा प्रमुख अतिथि सुयर्माराज राईले विद्यालयलाई दुई किलोवाट क्षमताको सोलार प्यानल सेट प्रदान गर्नु भएको थियो । कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा शैक्षिक एवं भौतिक सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो ।
विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय रुपनारायण कोइरालालाई कार्यक्रममा मरणोपरान्त सम्मान गरिएको छ । कोइरालाको सम्मान उहाँकी पत्नी रेणुका कोइरालाले लिनुभयो । यस्तै विद्यालयलाई निरन्तर सहयोग गर्ने रमादेवी फाउण्डेसनलाई पनि सम्मान गरियो । फाउण्डेसनका उपाध्यक्ष रविन्द्र शिवाकोटी उक्त सम्मान ग्रहण गर्नुभयो । यसैगरी ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समिति,अक्षय कोषका संस्थापक काशीनाथ खनाल र विद्यालयलाई कम्प्युटर सहयोग गर्ने २०५७ सालको एसएलसी ब्याचका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । सोही अवसरमा हङकङमा रहेर विद्यालयलाई सहयोग पु¥याउने दाताहरूलाई सम्मान गरियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रम शिक्षक ऋषि धिमालले सञ्चालन गर्नु भएको थियो ।

Facebook Comments
Show More

Related Articles