nirantarkhabarबिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

कसेनि उ.मा.बि.का पच्चीस बिद्यार्थीलाई तयारी पोषाक बितरण

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी । मोरङको बेलबारी ४ मा अवस्थित कसेनि उच्च माद्यमिक बिद्यालयका २५ जना बिद्यार्थीलाई तयारी पोषाक बितरण गरिएको छ । बाल दिवसको अवसरमा शुक्रबार पोशाक बितरण कार्यक्रमको आयोजना गरी कक्षा १ देखी कक्षा ५ सम्मका निम्न आर्थिक अवस्था भएका बिद्यार्थीलाई पोशाक बितरण गरिएको हो ।

बेलबारी ४ निवासी लिलादेवी राईले आफ्ना श्रीमान् दिलीपकुमार राइको पुण्य स्मृतिमा बिद्यालयका बिद्यार्थीलाई पोशाक बितरण गर्नुभएको हो ।
कार्यक्रममा बिद्यालयमा अध्ययनरत कक्षा १ का ४ जना, कक्षा २ का ६ जना, त्यस्तै कक्षा ३ का ५ जना, कक्षा ४ का ५ जना र कक्षा ५ का ५ जना बिद्यार्थीलाई तयारी पोषाक हस्तान्तरण गरिएको थियो । लिलादेवीका छोरा राजेश राई रोजगारीको शिलशिलामा परदेश गएको र बिदेशमा भएको पहिलो कमाईबाट राजेशले अध्ययन गरेको बिद्यालयका बिद्यार्थीहरुमा पोशाक अनिवार्य रुपमा लगाउने प्रेरणाका लागी बिद्यालयको छनोटमा २५ जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई तयारी पोशाक बितरण गरिएको लिलादेवीको भनाई छ ।
बिद्यालय ब्यबस्थापन समिति अध्यक्षको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी बेलबारी वडा नं ४ का वडाध्यक्ष राम कुमार राई, त्यस्तै अतिथी शिक्षक अभिभावक संघ अध्यक्ष राजेन्द्र अधिकारी, बिद्यालयका शिक्षकहरु, अभिभावक, संचारकर्मी, बिद्यार्थीको उपस्थिति रहेको थियो ।

बिद्यार्थी पहिलेनै छनोट गरेर साइज अनुसारको पोशाक तयार गरि शुक्रबार बितरण गरिएको र यही असोज ४ गते पनि एकिकृत हातेमालोले बिद्यालयका १ सय जना बिद्यार्थीलाई कपी, कलम, झोला र तयारी पोषाक प्रदान गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक खगेन्द्र प्रसाद लुइटेलले बताए । उक्त बिद्यालयमा आफ्नो १४ बर्षे अनुभवमा यस्तो कार्यक्रम पहिलो भएको पनि प्र.अ. लुइटेलले बताए । २०३३ सालमा स्थापना भएको बिद्यालयमा ५ सय ७० बिद्यार्थी अध्ययनरत छन ।

Facebook Comments
Show More

Related Articles