शिक्षा-स्वास्थ्यसमाचारसमाज

सुकुना माबि का प्र.अ. श्रेष्ठ र राहत शिक्षकहरुबीच झडप

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बिराटचोक, मोरङ । बिभिन्न मागहरु अघि सार्दै आन्दोनरत राहत शिक्षकहरुको आमहडतालको तेस्रो दिन सुन्दरहरैचास्थित सुकुना माध्यमिक बिद्यालयमा गएका राहत शिक्षकहरुलाइ सुकुना माध्यमिक विधालयका प्र.अ. लक्ष्मी श्रेष्ठले गुण्डा भन्दै गालि गलोज गरेपछी  झडपको स्थिति भएको  छ  । ३ दिन यता राहत शिक्षकहरुले विभिन्न माग गर्दै देश भरिका सामुदायिक बिधालयहरुमा पठन पाठन बन्द गराउदै आएका थिए  ।
मोरङका अधिकांस बिद्यालयहरु बन्द रहेपनि सुकुना माध्यमिक बिद्यालय खुल्ला रहेको देखेपछि बन्द गराउन गएका राहत शिक्षक संघका बेलबारी अध्यक्ष लिला आचार्य लगायतका शिक्षकहरुलाइ प्र.अ. श्रेष्ठले पुलिस लगाएर दुर्ब्यबहार  गरे पछी शिक्षकहरु झन आन्दोलित हुदै गेटमा नै नाराबाजी गरेका थिए ।

आफुहरुलाई बिद्यालयका प्रधानाध्यपक लक्ष्मीकुमार श्रेष्ठले गुण्डाको संज्ञा दिँदै दुब्र्यबहार गरेको आचार्यले जानकारी दिएका छन । सोही घटनाको बिरोधमा उनीहरुले बिद्यालयको गेटमै कोणसभा गरेका थिए । राहत शिक्षकहरुले प्र.अ. श्रेष्ठ बिरुद्द चर्को रुपमा बिरोध गर्दै नाराबाजी गरेका थिए । देशभर भईरहेको आन्दोलनलाई समर्थन गर्नुको सट्टा बिद्यालयको गेट भित्र प्रहरी बोलाएर राहत शिक्षकहरुलाई दुब्र्यबहार गरेको राहत शिक्षक संघ बेलबारीका अध्यक्ष लिला आचार्यले बताए । श्रेष्ठले आफुहरुलाई गुण्डा,आतंककारी, र आन्दोलन तुहाई दिने र जागिर खाइदिने भन्दै राहत शिक्षकहरुलाई धम्क्याएको शिक्षक सन्तोष फुँयालले बताएका छन ।
बिद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले पढाई भईरहेको बिद्यालयमा आन्दोलनरत शिक्षकहरु छिरेर घुसपैठ गरी बिद्यालयमा घण्टी लगाईदिएको र प्रहरीहरुलाई आफुले नबोलाएपनि बिवाद भएपछि विवाद साम्य पार्नका लागी आफै आएको जानकारी दिएका छन । उनले आन्दोलनका नाममा मनपरी गर्ने छुट गर्ने अधिकार कसैलाई नभएको प्र.अ. श्रेष्ठले  बताए । यता आन्दोलित राहत शिक्षकहरुले आफुहरुले प्र.अ.श्रेष्ठलाइ दुर्ब्यबहार नगरि आन्दोलनलाइ समर्थन गरिदिनु भन्दा श्रेष्ठ नमाने पछी आफुहरुले घन्टी बजाएको त्यसपछि प्र.अ. श्रेष्ठले प्रहरी बोलाएर आफुहरुलाई दुर्ब्यबहार गरेको अध्यक्ष आचार्यले बताए ।

Facebook Comments
Show More

Related Articles