बिबिधसमाचारसमाज

मन्त्री बन्नेहरूको लिस्ट प्रचण्डको खल्तीमै सीमित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं २५ भदौ । माओवादीसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमतिलगत्तै तत्कालीन एमालेका केही बुद्धिजीवीहरूले अध्यक्ष केपी ओलीसँग सोधेका थिए–‘आफैं डुब्न लागेका प्रचण्डलाई हात समाएर वैतरणी तार्न खोज्दै हुनुहुन्छ, यसले एमालेलाई क्षति पुग्दैन ?’ ओलीले हाँसेर जवाफ दिएका थिए– ‘पहेँलो पात केही  समयपछि आफंै झर्छ, तर हाँगा हाल्लाइदियो भने अलि झिटो झर्छ, अहिले हाँगा हल्लाउन खोजिएको हो, तपाईहरू ढुक्क भए हुन्छ ।’
माओवादीसँग चुनावी तालमेल तथा पार्टी एकीकरण गरेर दुई तिहाइ बहुमतको प्रधानमन्त्री बन्न सफल भएबाहेक ओलीले ६ महिनाको अवधिमा मुलुकको हितका लागि सिन्कोसम्म भाँच्न नसकेको विश्लेषण जताततैबाट गरिएको छ । तर कुनै बेलाका सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी माओवादी तथा त्यो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निमिट्यान्न पार्न भने ओली सफलोन्मुख छन् । एकीकरणपछि पनि अझै केही वर्ष प्रचण्ड नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली गुटको नेताका रूपमा रहिरहने आंकलन गरिएको थियो । तर नेपाल कम्युनिस्ट पार्टीभित्र गुट चलाउने हैसियतबाट समेत प्रचण्डलाई समाप्त गरिदिने खेल प्रधानमन्त्री ओलीले आरम्भ गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनको प्रस्तावमार्फत प्रधानमन्त्री ओलीले यो खेल आरम्भ गरेका हुन् ।
प्रधानमन्त्री ओली ले कार्यसम्पादन मूल्यांकनका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने सल्लाह प्रचण्डसँग गरेका थिए । उक्त सल्लाहअनुसार आगामी दसैंअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति ओली र प्रचण्डबीच डेढ साताअघि भएको थियो । यो सहमतिलाई ओलीको सचिवालयले समाचारका रूपमा बाहिर ल्याएको पनि थियो । समाचार स्रोतका अनुसार प्रचण्डले तत्कालीन माओवादीका तर्फबाट मन्त्री भएकामध्ये वर्षमान पुन र बुहारी विना मगरबाहेक अरुलाई हटाएर पम्फा भुसाल, राम कार्की, हरिबोल गजुरेललगायतलाई मन्त्री बनाउने आफ्नो तयारीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए ।
प्रचण्ड भारत भ्रमणमा गएका बेला ओलीले वर्षमान पुन र विना मगरबाहेक माओवादीका अरु मन्त्रीहरूलाई बालुवाटार बोलाएर प्रचण्डको तयारीबारे जानकारी गराएका थिए । यस्तो राम्रो काम गर्ने साथीहरूलाई हटाउने इच्छा मलाई पटक्कै छैन, तर प्रचण्डजी वर्षमान पुन र बुहारी विना मगरबाहेक अरुलाई हटाउने भन्दै हुनुहुन्छ । तपाईँहरूले अझै कम्तीमा दुई वर्ष काम गर्न पाउनुभयो भने मुलुकका लागि राम्रै उपलब्धि दिन सक्नुहुन्छ भन्ने मैले ठानेको छु ।’ उपस्थित सबैले प्रचण्डको महत्वाकांक्षाका अघि घुँडा नटेक्न ओलीलाई आग्रह गरको समाचार स्रोतको भनाइ छ । यसरी माओवादी मन्त्रीहरूको विश्वास जितेपछि प्रधानमन्त्री ओली प्रचण्डलाई गुटको नेतासमेत बन्न नदिने दोस्रो अभियानमा जुटेका छन् । तर उनले दोस्रो अभियान कसरी अघि बढाउँदैछन् ? खुल्नसकेको छैन । यो समाचार तरुण खबरबाट साभार गरिएको हो । 

Facebook Comments
Show More

Related Articles