खेलकुदबिबिधमनोरञ्जनसमाचारसमाज

पाहुना टिम खर्साङ भारतलाई पराजित गर्दै मोरङ फुटबल एकेडेमी सेमीफाइनलमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
बेलबारी २५ भदौ । भारतको युनाइटेड क्लव खर्साङलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरङ फुटबल एकेडेमी दोस्रो बुद्ध एयर डाँगीहाट गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मोरङ फुटबल एकेडेमीलाई सेमीफाइनल पु¥याउन सोमबार लक्ष्मी खेल मैदानमा सन्तोष न्यौपाने नायक बने । सुरु देखि नै पाहुना टोली माथि हाबी भएको मोरङ एकेडेमीले सन्तोष न्यौपानेको ह्याट्रिक सहित ५ गोल गरेको छ । सन्तोषले प्रतियोगिताको १५ औ, ७० औं र ७३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
मोरङ एकेडेमीलाई फराकिलो गोल अन्तरको जित दर्ता गराउन खेलको १७ मिनेटमा कर्ण लिम्बूले र इन्जुरी समयमा सौजन्य राईले गोल गरेका थिए । अन्तर्राष्ट्रिय आमन्त्रण नाम दिइएको प्रतियोगितामा भारतबाट सहभागी हुन आएको एक मात्र युनाइटेड क्लव खर्साङ टिममा अधिकांश नेपाली मुलका खेलाडीको बाहुल्यता रहेको थियो । उत्तरार्धको खेलमा बारम्वार बल नियन्त्रणमा राखे पनि खर्साङले कुनै जादु देखाउन सकेन । केही राम्रा प्रयासलाई गोल पोष्टको दिशा दिन नसक्दा पाहुना टोली दर्शकको माया पाएर पनि लजास्पद हार ब्योहोर्न बाध्य भयो ।
सोमबारको खेलमा नायक सावित भएका सन्तोष न्यौपाने म्यान अफ द म्याच घोषित भए । मङ्गलबार युथ ११ राष्ट्रिय टिम र इलाम ११ बीच पहिलो चरणको अन्तिम खेल हुनेछ ।
बेलबारी–११ को लक्ष्मीखेल मैदानमा भइरहेको खेल स्थानीय डाँगीहाट फुटबल क्लवले आयोजना गरेको हो । प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका छन् ।

Facebook Comments
Show More

Related Articles