मनोरञ्जनसमाचारसमाज

सामाजिक कार्यका लागि साँस्कृतिक कार्यक्रम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
मोरङको बेलबारी २ मा रहेको सहयोगी हातहरु नामक संस्थाले तीज विशेष साँस्कृतिक तथा श्रष्टा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज को अवसरमा उक्त कार्यक्रम गर्न लागेको आयोजक सहयोगी हातहरुले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

भाद्र २७ गते बुधबार लालभित्ती चौक उत्तर आयोजना हुने कार्यक्रममा गायक गंगा बरदान, संजिव कुमार धिमाल, यमुना पराजुलि, दुर्गा न्यौपाने लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अहिले तिज मनाउने बहानामा मौलिकता हराउदै गएको तर यो कार्यक्रममा मौलिकतालाई बढि प्राथमिकता दिइने सहयोगी हातहरुका अध्यक्ष मेघराज परियारले बताए ।

कार्यक्रममा स्थानीय २ जना गायन क्षेत्रका र ९ जना साहित्य क्षेत्रका साहित्यिक ब्यक्तिहरुलाई सम्मान गरिने पनि जानकारी दिइयो । सम्मान गरिनेहरुमा गायन क्षेत्रका संजिव धिमाल र गंगा बरदान रहेका छन भने साहित्यिक क्षेत्रका हर्कमान तामाङ, केशु बिरही, गणेश बिक, तिला लेकाली, बन्दना राई, जेवी थुलुङ, केदार दुलाल, बाल कुमार डाँगी र राजेन्द्र तामाङ लाई सम्मान गरिने अध्यक्ष परियारले जानकारी दिए ।
बेलबारी २ भित्र रहेका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई छात्रवृति प्रदान तथा अक्षय कोष स्थापना गर्ने, फोहोरमैला व्यबस्थापन सम्बन्धि अभियान सन्चालन गर्ने, शहिद स्मृती प्राथमिक विद्यालय बेलबारी १ लाई पंखा व्यबस्थापन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक बिपीन श्रेष्ठले बताए ।

२०७४ सालमा स्थापना भएको संस्थाले यस अघि पनि बिद्यालय परिसरमा बृक्षरोपण कार्यक्रम, बाढिपिडितहरुलाई लत्ताकपडा बितरण, बिद्यार्थीहरुलाई कपिकलम बितरण, बिज्ञान प्रयोगशाला निर्माणका लागि रकम बितरण जस्ता सामाजिक कार्य संपन्न गरेको संयोजक श्रेष्ठले बताए ।

Facebook Comments
Show More

Related Articles