खेलकुदबिबिधसमाचारसमाज

नेपाल साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौँ २३ भदौ । नेपाल बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा आयोजक बंगलादेशमाथि २–० को विजयी नतिजाका साथ नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा ठाउँ बनाएको हो ।

नेपालको यो पछिल्लो नेपाली फुटबलको गिर्दो साखलाई जोगाउने खेल भएको छ । बंगलादेशसंग नेपालको विगत राम्रो नभए पनि यसपटक घरेलु टिम नेपालसंग घुँडा टेक्न वाध्य भएको हो ।

नेपालका लागि ३३ औं मिनेटमा बिमल घर्तीमगरले लङ फ्रिकिकमा गोल गरेका हुन् ।

त्यसैगरी ९० औं मिनेटमा नवयुग श्रेष्ठले अर्को आकर्षक गोल थपेर नेपालको जित सुनिश्चित गरेका थिए ।

नेपालले यसअघि भुटानलाई ४–० ले हराएको थियो भने पाकिस्तानसंग २–१ ले नतिजा सुम्पिएको थियो ।

यो समूहबाट नेपाल समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

Facebook Comments
Show More

Related Articles