बिबिधसमाचारसमाज

सिके राउत समर्थकको हत्या गरेको भन्दै स्वास्थ्यमन्त्री यादवविरुद्ध खनिए मधेसी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जनकपुरधाम,२१ भदौ / डा. सिके राउत समर्थक राममनोहर यादवको नियोजित हत्या गरेको भन्दै प्रदेश २ मा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको चौतर्फी विरोध भइरहेको छ ।

बर्दियामा प्रहरीको हिरासतमा मृत्यु भएका राममनोहर यादवको हिरासतमै सिकिस्त बिरामी परेर उपचारका क्रममा मृत्यु भएपछि संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादवको चौतर्फी विरोध भइरहेको हो ।

गत भदौ ७ गते बर्दियामा आयोजित एक कार्यक्रममा यादवलाई कालो झण्डा देखाएको आरोपमा राममनोहर बाँके जानकी गाउँपालिका–६ घर भएका यादवलाई प्रहरीले पक्राउ गरेका थियो । कालो झण्डा देखाएकै कारण पक्राउ गरी नियोजित तबरले हत्या गरिएको भन्दै प्रदर्शनसमेत गरिएको थियो ।

सिके राउतका समर्थकहरूले जिल्ला जिल्लामा मृतक राममनोहरको श्रद्धाञ्जलि सभा गरेर अध्यक्ष यादवको राजीनामा माग्नुका साथै घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरिरहेका छन् ।

Facebook Comments
Show More

Related Articles