बिबिधमनोरञ्जनसमाचारसमाज

बहुजातीय साँस्कृतिक तीज महोत्सव

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पथरीशनिश्चरे, २१ भदौ

मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा आज बहुजातीय साँस्कृतिक तीज महोत्सव सम्पन्न भएको छ ।

तीजलाई साँस्कृतिक हिसावले पनि सवावेशी पर्वका रुपमा विकास गर्ने उद्धेश्य अनुरुप नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत जातजातीका झाँकी, नृत्य प्रतियोगिता र सन्देशमुलक नाटक प्रस्तुत गरिएको छ ।

पथरीमा सम्पन्न कार्यक्रममा धिमाल, याख्खा छुम्मा, माझी जातिको सहभागिता सहित संगीनी र वालनका प्रस्तुति समेत भएका थिए ।

३० वर्षमाथिका महिलाहरुको एकल नृत्य प्रतियोगितामा अष्टलक्ष्मी सहकारीबाट रिविता लिम्बू पहिलो, दिदी वहिनी सहकारीबाट मीरा कार्की दोस्रो र विकल्प पैंचो सहकारीबाट रश्मि राउत तेस्रो बनेर क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्राप्त गर्नुभयो ।

भूपेन्द्र तिम्सिनाको लेखन र निर्देशनमा महिला जनप्रतिनिधिहरुको समेत अभिनय रहेको नाटक ‘घाँटी हेरी हाड निलौं’ ले तीज सहितका चाडपर्वलाई भड्किलो नबनाउने सन्देश दिएको थियो । जसमा कार्यपालिका सदस्य गीता विश्वकर्मा, नगर सदस्य सृजना भट्टराईका साथै भूपेन्द्र तिम्सिना, कमला घिमिरे नेपाल, मेनुका कुलुङ, जानुका आचार्य, टीका लुईटेल र अंकिता कुलुङको अभिनय गरेको छ ।

महिला जनप्रतिनिधिहरु, मैनादेवी फुयाँल आचार्य, गीता विश्वकर्मा, निर्मला गदाल, मैनाकुमारी राई लिम्बू र सृजना भट्टराईले सामुहिक नृत्य गरेर अतिथिहरुलाई स्वागत गरेपछि सांस्कृतिक कार्यक्रम अघि बढेको थियो ।

कार्यक्रममा प्रदेश सांसद कृष्णकुमारी राईले नारीहरुले तीज पर्वमार्फत आफ्ना पीडा र कुण्ठाहरु अघि सार्दै स्वतन्त्रताका आन्दोलन अघि बढाएकाले सन्देशमुलक तीजको महत्व रहेको उल्लेख गर्नुभयो ।

पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला, उर्लावारी नगरपालिका उपप्रमुख लक्ष्मी भण्डारी, लेखक युवराज वास्कोटा सहितले सांस्कृतिक अन्तरघुलनका हिसावले समेत यसखाले तीज कार्यक्रम सन्देशमुलक बनेको बताउनु भयो । कार्यक्रममा नेपाल जेसीजकी पूर्व राष्ट्यि उपाध्यक्ष मञ्जरी घिमिरे, महिला नेतृ गीता तिम्सिना, नगरको १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन सहितले भड्किलो तीज नबनाउने सन्देशका लागि यस्ता प्रकारका कार्यक्रमको आवश्यकता रहेको उल्लेख गर्नुभयो । कार्यपालिका सदस्य भद्रमान विश्वकर्माले तीज कविता वाचन गर्नुभयो ।

जानुका तिम्सिनाले स्वागत मन्तव्य रहेको कार्यक्रम, तीज विशेष कार्यक्रम समिति संयोजक अरुणा राईको अध्यक्षतामा सम्पन्न भयो ।

Facebook Comments
Show More

Related Articles