अर्थकृषिबिबिधसमाचारसमाज

गान्धीआश्रम बजार पुन सञ्चालनमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
पथरी २१ भदौ । सँगै २०३९ सालमा सुरु भएका दुई वटा बजार मध्ये एउटा बजारमा खुट्टो राख्ने ठाउँ पाइदैन् र अर्को बजारमा औलामा गन्न सकिने मान्छेको उपस्थिति । यो भिन्नता हो –मोरङको रङ्गेली ८ को दोहमना बजार र सुनवर्षी नरपालिका वडा नं. १ र ४ मा पर्ने गान्धीआस्रम बजारको ।वारिपारी ५ मिनेटको मात्र बाटो छ । बीचमा बग्ने डाँस खोलामा पुल बनेपछि दोहमना अझै चम्क्यो भने गान्धीआस्रम बजार झनै सुक्यो ।

z
रङ्गेली नगरपालिकाले दोहमना बजार २८ लाखमा ठेक्का लगाएको छ भने सुनवर्सी नगरपालिकाले १ लाख ५० हजार न्युनतम अङ्क तोकेर टेण्डरको सूचना सार्वजनिक गर्दा समेत टेण्डर सकार्न कोही आएका छैनन ।दोस्रोपटक सूचना टाँस गर्दा समेत बजार ठेक्कामा नलागेपछि यतिबेला सुनवर्सी नगरपालिकालाई टाउको दुखाई भएको छ ।

बजार ठेक्कामा नलागेपछि गान्धीआस्रम बजार ब्यवस्थापन समितिले बिहीबार गान्धीआस्रममा पत्रकार सम्मेलनको आयोजना गरी बजार औपचारिक रुपमा सुरु भएको घोषणा गरेको छ ।‘गान्धी आस्रम बजारको सान, सुनवर्षी नगरपालिकाको पहिचान’ भन्ने मुख्य नाराका साथ नगर प्रमुख कालिप्रसाद दासले बजारको उद्घाटन गर्नुभयो ।
बजारको उद्घाटन गर्दै नगर प्रमुख दासले गान्धी आस्रम बजारलाई नगरपालिकाको मुख्य आयस्रोतको रुपमा विकाश गर्न नगरपालिका तयार रहेको बताउनु भयो । उहाँले गुठीका पदाधिकारीहरु सँग समन्वय गरी समस्याको दिर्घकालिन समाधान खोजि गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले आफ्नो नगरको उत्पादन आफ्नै नगरको बजारमा बिक्री गर्ने किसान र ब्यापारीलाई प्रवद्र्धन गर्ने बताउँदै नगरको बिकासका लागि हातेमालो गर्न आम नगरबासीसँग आग्रह गर्नुभयो ।
वि.स.२०३९ सालमा तत्कालिन उपप्रधानपञ्च भविन्द्रमान राईको पहलमा वजारको औपचारिक सुरु गरिएको थियो । स्थानीय तुलसीमेहर गान्धी गुठीको नाममा रहेको २० विगाहा जग्गा मध्ये ४ विगाहा जग्गामा वजार लाग्दै आएको थियो ।
वजारको स्थापना कालमा वजारको आम्दानीको ४० प्रतिशत हिस्सा गुठीलाई प्रदान गर्ने सर्तमा वजार साप्ताहिक रुपमा लाग्दै आएको गुठीका केन्द्रीय सदस्य सदानन्द राजवंशीले बताउनु भयो । पछिल्लो समय गुठीका पदाधिकारी र बजार व्यवस्थापन समिति बीच कुरा नमिल्दा बजार सुस्ताउँदै गएको स्थानीयको बुझाई छ ।
ग्रामीण भेगको नगरपालिकाका लागि सो बजार आर्थिक समृद्घिको मेरुदण्डका रुपमा रहेको वताउँदै वडा नं १.का वडाध्यक्ष टेक बहादुर भट्टराईले नगरको मुख्य आम्दानीको स्रोतका रुपमा बजारको विकाश गरेर लैजानु पर्ने बताउनु भयो । वडा नंं. ४ का वडाध्यक्ष श्रवण कुमार राजवंशीले उचित स्थान र प्रचुर आर्थिक सम्भावना भएको वजार भएतापनि सम्वधित निकायको ध्यान पुग्न नसक्दा नगरको आम्दानीको स्रोत वाहिरी रहेको बताउनु भयो । स्थानीय गंगाप्रसाद पाठकले गुठीको अङ्कुशको कारण बजारले गतिलिन नसकेको बताउनु भयो ।
बिहीबारबाट सञ्चालनमा आएको वजारमा हरेक वस्तुको बिक्रि करमा ७५ प्रतिशत छुटको ब्यवस्था मिलाइएको छ । वजार व्यवस्थापन समितिका अध्यक्ष रामकुमार तामाङले भन्नुभयो – आउँदो कात्तिक महिनामा लक्ष्मीपुजाको अवसरमा वजारको प्रवद्र्घनका लागि कृषि मेलाको आयोजना गर्नेछौं ।

Facebook Comments
Show More

Related Articles