बिबिधसमाचारसमाज

आवश्यक परेको बेला काम नदिने कार्यकर्ताले पार्टी छोडे हुन्छ – डा. शेखर

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

इटहरी २१ भदौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निर्वाचनका समयमा पार्टीका उम्मेदवार हराउन र पार्टी कमजोर बनाउन लाग्नेहरु पार्टी छाडेर गएपनि कुनै असर नपर्ने बताउनु भएको छ ।
बिहीबार मोरङको बुढीगंगा गाउँपालिकाले आयोजना गरेको आन्तरिक द्धन्द ब्यवस्थापन बिषयक प्रशिक्षण कार्यक्रममा वोल्दै कोइरालाले अरुवेला काँग्रेसको समर्थन गर्ने र जव पार्टीलाई आवश्यक पर्छ तव अन्यन्त्र जानेको अब कांग्रेसमा कुनै स्थान नरहेको उल्लेख गर्नुभयो ।
कोइरालाले यतिखेर पार्टी कमजोर अवस्थामा रहेको बताउँदै पार्टीको आदर्श र मर्म बिपरित काम गर्ने छुट कुनै पनि तहमा रहेका ब्नेता कार्यकर्ता नरहेको बताउनु भयो । वुढीगंगा गाउँपालिकाका अगुवा नेता तथा कार्यकताको भेलामा डा. कोइरालाले अव पार्टीको लागि काम गर्ने वेला भएको भन्दै सवैलाई अहिले देखिनै घर दैलो गर्न समेत निर्देशन दिनुभयो । चुनावको वेलामात्र नेता कार्यकर्ता घर आँगनमा आउने गरेको स्थानीय जनताको गुनासो रहेको कारण अहिले देखिनै आ आफ्नो वडा , टोलमा जनताको गुनासो के छ सवैको समस्या बुझ्न पनि कोइरालाले स्थानीय नेतालाई आग्रह आग्रह गर्नुभयो ।
यता प्रशिक्षणमा आएका कार्यकर्तालाई डा कोइरालाले अरु पार्टीका मान्छे सँग मिल्नुहुन्छ तर आफ्नै पार्टीका साथीहरुसँग मिल्न सक्नुहुन्न, भन्दै यो अवस्थामा संगठन कसरी बलियो हुन्छ? भन्दै प्रश्न गरेका थिए । कोइरालाले अव कम्युनिष्टको सत्तामा काँग्रेस टिकाउन पनि सवै कार्यकता एक ठाउँमा उभिन आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा पुर्वराज्यमन्त्री हरिनारायण चौधरी, प्रदेससभा सदस्य चुवनारायण तब्दार, नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलका प्रमुख सचेतक केदार कार्की लगायतले वोल्नु भएको थियो ।

 

Facebook Comments
Show More

Related Articles