अर्थबिबिधसमाचारसमाज

नेपालीहरू काम खोज्न खाडीमा,भारतीयहरू नेपालका सडक किनारमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
उर्लाबारी, २१ भदौ ।दैनिक हजारौं युवा कामको खोजिमा बिदेशिरहेको बेला भारतीय नागरिकहरू भने नेपाली श्रम बजार कै कामका भरमा आफ्नो घरवार चलाइरहेका छन् । साना तिना काम नेपालमा पाइए पनि ति काममा नेपाली श्रमिकका आँखा नलाग्दा करोडौं रुपियाँ भारत तर्फ गइरहेको छ ।
‘आफ्नो देशमा केही काम नपाएपछि परिवारका ९ जना सदस्यको पालनपोषण गर्ने खर्च नै सडक किनारमा सङ्कलन गरेका प्लाष्टिकका थोत्रा बोतल बेचेर चलाइ रहेका छन् । धेरै भारतीय नागरिकहरूले । मोरङको कानेपोखरी बजारबाट थारै पूर्व पट्टिको वरको रुख मुनि बसेर प्लाष्टिकका थोत्रा बोतल ठूलो बोरामा हाल्दै गरेका भारतीय नागरिक मोहम्मद असरफूलले प्लाष्टिकका वोतल बेचेर दैनिक १ हजार ७ सय सम्म कमाउने गरेको बताउनु भयो ।
असरफूल आफ्ना तीन सन्तानका साथ विगत एक महिना यता पूर्व पश्चिम
राजमार्गको दुई तर्फ किनारमा फालिएका थोत्रा बोतल सङ्कलन गरी बिक्री गरिरहनु भएको छ । उहाँ र उहाँको परिवारका सदस्यहरूको मुख्य आय स्रोत नै यही हो । गर्मीको मौसम छ । पूर्व पश्चिम राजमार्गमा सयौंको सङ्ख्यामा सार्वजनिक यातायातका बस गुड्ने गर्छन । बसमा सवार यात्रीले पानी पिएर जथाभावी फालेका प्लाष्टिकका बोतल,अल्मुनियममा प्याक पेय पदार्थका बट्टा सङ्कलन गर्नु उनीहरूको दैनिकी हो । यात्रीहरूले मानव बस्ती नभएको(जङ्गल) राजमार्ग क्षेत्रमा अझ बढी बोतल फाल्ने गरेका छन् । त्यसैले उनीहरू क्षेत्र छुट्ट्याएर प्लाष्टिकका बोतल भेला गर्ने गर्छन ।
६६ वर्षीय असरफूलका छोरा आमीदूलले भन्नुभयो–चिसाङ खोला पूर्व देखि डाँस खोला पश्चिम सम्म हामी सङ्कलन गर्छौ । डाँस पूर्व र चिसाङ पश्चिम सङ्कलन गर्ने अरु साथीहरू छन् ।उहाँहरू पश्चिम वंगालको बागडुग्रा, सूर्यनगरका स्थायीबासी हुनुहुन्छ । असरफुलको परिवार मात्र होइन, उहाँका बुवा समेत नेपालमा कवाडी सङ्कलनको काम गर्नुहुन्थ्यो । बुवा कै लय पछ्याउनु भएका असरफूलले उमेर छउन्जेल साइकलमा घुमेर कवाडी सङ्कलन गर्नुभयो । तर शरीरमा बल घट्दै गएपछि उहाँले सडक किनारमा कवाडी सङ्कलन गर्ने काम सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो–सडकमा कवाडी सङ्कलन गर्दा खर्च छैन् । दैनिक ४ जनाले १६÷१७ सय कमाउँछौं ।
आमीदूलकी पत्नी जमसराई पनि श्रीमान र ससुरासँगै बोतल सङ्कलनमा हिड्नु हुन्छ । एक जना, दुई जनाले काम गर्न गाह्रो छ । त्यसैले परिवार नै हिड्छौं–जमसराईले भन्नुभयो । आमीदूलका भाइ खाना र खाजाको प्रवन्ध मिलाउनु हुन्छ । एक पटक नेपाल आउँदा उहाँहरू महिना दिन सम्म नेपाल नै बसेर काम गर्नुहुन्छ । आमिदूलले भन्नुभयो –‘एक महिनामा ४ जनाले ३० हजार भारतीय रुपियाँ लिएर जान्छौं ।
प्लाष्टिकका थोत्रा बोतललाई रिसाइक्लिन गर्ने उद्योग झापाको विर्तामोडमा खुले पछि उहाँहरू ब्यापार समेत खुबै फस्टाएको छ ।
अर्को समूहका मोहम्मद इमरान उर्लाबारीको कृषि बजार नजिकै रुख मुनि
प्लाष्टिक बोतल ठूलो बोरामा हाल्दै गरेको भेटिनु भयो । पश्चिम बङ्गालको नक्सलबाट गाउँका बालबालिका लिएर प्लाष्टिक बोतल सङ्कलनमा आउनु भएका इमरानले भन्नुभयो–‘गाउँमा केही काम छैन् । स्कुल पनि जाँदैनन् । त्यसैले बालबालिका लिएर आएको हुँ । दैनिक २ हजार माथिको वातल सङ्कलन गर्ने उहाँले बताउनु भयो ।भारतमा वोतल सङ्कलनको काम पाइदैन भन्ने जिज्ञाषामा उहाँको जवाफ थियो – नेपालमा जस्तो धनी मान्छे भारतमा छैन् । भारतमा वोतलको पानी गाउँको मान्छेले खान सक्दैन ।
संघ संस्थाको भेला, सभा ,गोष्ठीमा समेत बोतलको पानी खुव चल्ने मेसो पाइसक्नु भएको छ । भन्नुहुन्छ–‘हामी विना तलव फोहोर सङ्कलन गरेर लान्छौं । कार्यक्रम गर्नेलाई पनि फाइदा छ ।पानी प्याक भएका प्लाष्टिकका थोत्रा बोतल प्रति केजी २० रुपियाँ,पेय पदार्थका २५ रुपियाँ र अल्मुनियमका प्रति केजी १ सय रुपियाँमा बिक्री हुने सङ्कलकहरूको भनाई छ ।

Facebook Comments
Show More

Related Articles