अन्तराष्ट्रीय

अमेरिकाका प्रभावशाली राजनीतिज्ञ मक्केनको ८१ वर्षको उमेरमा निधन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

भदौ १०
अमेरिकाका प्रभावशाली राजनीतिज्ञ जन मक्केनको ८१ वर्षको उमेरमा निधन भएको छ।

एरिजोनामा आफ्ना परिवारहरूका माझ उनको निधन शनिवार भएको एउटा विज्ञप्तिमा जनाइएको छ।उनी मस्तिष्क क्यान्सरबाट पीडित थिए।सन् २०१७ को जुलाई महिनामा उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो र त्यसयता उनले उपचार गराइरहेका थिए।गत डिसेम्बरमा वासिङ्टन छोडेका मक्केनले औषधी लिन छोडेको शुक्रवार उनको परिवारले घोषणा गरेको थियो।मक्केनले एरिजोना राज्यको सिनेटरका रुपमा ३ दशक भन्दा बढी समय काम गरेका थिए।

उनी सन् २००८ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेद्वार रहेका थिए।राजनीति प्रवेश गर्नुअघि नौसेनाको लडाकु विमानका चालक थिए र भियतनाममा युद्धबन्दीका रुपमा पाँच वर्षभन्दा बढी समय बिताएका थिए।बिबिसीले जनाए अनुसार सिनेटर मक्केन सैनिक पृष्ठभूमिका व्यक्ति थिए र विश्वव्यापी मामिलामा अमेरिकी नेतृत्वका खरो वकालतकर्ता थिए।स्वतन्त्र राजनीतिक विचार राख्ने व्यक्तिका रुपमा पनि उनी प्रख्यात थिए।उनी राष्ट्रपति ट्रम्पका कट्टर आलोचक समेत थिए।

उनको निधनसँगै राजनीतिक वृत्तबाट उनलाई ुअमेरिकी हिरोु को उपमा दिँदै श्रद्धाञ्जली दिनेहरूको संख्या बढ्दो छ।पूर्व राष्ट्रपति जर्ज डब्लू बुसले मक्केनलाई उच्च कोटीका देशभक्त भनेका छन्।

पूर्व राष्ट्रपति बराक ओबामाले पनि उनको साहस र प्रतिबद्धताको प्रशंसा गरेका छन्।

Facebook Comments
Show More

Related Articles