बिबिधसमाचारसमाज

दुई ज्येष्ठ नागरिक सम्मानित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

उर्लाबारी, ९ भदौ । मोरङको उर्लाबारी–१ स्थित ज्येष्ठ नागरिक समन्वय केन्द्रले शनिबार दुई जना वयोवृद्धलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा स्थानीय १०१ बर्षीया सुकमाया माझी र ९३ बर्षीय धनवीर श्रेष्ठ रहनुभएको छ । उहाँहरुलाई केन्द्रको साधारण सभाका अवसरमा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सम्मानपत्र प्रदान गरी सम्मान गर्नु भएको हो ।
सभामामा प्रमुख अतिथि नगर प्रमुख खड्ग फागोले उमेरका कारण कसैलाई पनि होच्याउन नहुने बताउनुभयो । हामी सबैजना एकदिन बृद्धअवस्थामा पुगिने उल्लेख गर्दै नगर प्रमुख फागोले ज्येष्ठ नागरिकलाई कहिल्यैपनि हेला गर्न नहुने राय ब्यक्त गर्नुभयो ।
केन्द्रका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा भएको सो सभामा उपमेयर लक्ष्मीदेवी भण्डारी, वडाध्यक्ष मचिन्द्र कार्की, गम्भीर प्रधानलगायतले बोल्नुभएको थियो ।

Facebook Comments
Show More

Related Articles