बिबिधसमाचारसमाजसाहित्य

सप्तकोशीमा गजलको कार्यशाला

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पथरीशनिश्चरे, ९ भदौ/पछिल्लो समय नेपाली साहित्यमा गजल विधा प्रति आकर्षण बढेको छ । सोही क्रममा मोरङको उर्लावारीस्थित सप्तकोशी अंग्रेजी आवासीय माध्यामिक विद्यालयले शनिवार गजल कार्यशाला राखेको छ ।
गजलको चौतर्फी प्रभाव र त्यसप्रति बढेको विद्यार्थीको रुचिलाई ध्यानमा राखेर विद्यालयकी संस्थापक एवम् साहित्यकार मिश्र वैजयन्तिले पूर्वाञ्चलका गजल अभियन्ता विवशवलिभद्र कोइराला मार्फत गजल कार्यशाला राख्नु भएको हो ।
सो विद्यालयले बेला बेला गजल कार्यशाला गर्ने क्रममा यो पटक कक्षा ११ का विद्यार्थीहरुमाझ गजलको परिभाषा, इतिहास, गजलको स्वरुप, तत्वहरुका बारेमा जानकारी गराइएको छ । सहजकर्ताहरुले आफ्ना, चर्चित गजलकारका तथा कार्यशालामा सहभागिका गजलहरु प्रस्तुत गर्दै गजल साहित्यका बारेमा विमर्श समेत गराउनु भयो । उहाँहरुले गजललाई साहित्यिक अभिव्यक्तिको सस्तो माध्यम नवनाई छोटो संरचनामा प्रभावपूर्ण र बृहत अभिव्यक्तिको माध्यममा रुपमा लानुपर्ने जानकारी गराउनु भयो ।
गजलकार तिम्सिनाले पथरीशनिश्चरे नगरमा एभरेष्ट आर्ट फ्यूजनको अगुवाईमा महिनाको पहिलो र तेस्रो शनिवार गजल सहितका रचनावाचन श्रृखला जारी भएको जनाउनु भयो । साथै उहाँले नगरका विद्यालय विद्यालयमा गजल कार्यशालाको योजना रहेको पनि उल्लेख गर्नुभयो । गजलकार द्धयले सो विद्यालयमा यसअघि पनि गजल कार्यशाला गराउनु भएको थियो ।
कार्यशालामा सहभागिहरुले गजल वाचन समेत गरेर गजल लेखनप्रतिको रुची व्यक्त गर्दै सृजनशीलतामा मन लगाएकोप्रति विद्यालयका प्रिन्सिपल लेखनाथ भट्टराईले खुसी व्यक्त गर्नुभयो । सृजनाले मानिसलाई असल वाटोमा डोर्याउने र सृजना नै महान निधि हो भन्ने कुरामा यसखाले कार्यक्रमले उत्साह भरेको आफुले पाएको उहाँको प्रतिक्रिया थियो । कार्यशालामा १ सयको हाराहारीमा विद्यार्थीहरु सहभागि भई गजलप्रति उत्साहित बने ।

Facebook Comments
Show More

Related Articles