बिबिधसमाचारसमाज

कांग्रेसमा १० जना प्रवेश

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

उर्लाबारी, ८ भदौ ।
मोरङको उर्लाबारी ८ का १० जना कम्युनिष्ट कार्यकर्ता विना सर्त नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार कांग्रेस प्रवेश गर्नेहरूमा उर्लाबारी–८ की इन्द्र चौधरी, पुष्पा चौधरी, जल चौधरी, कृष्णा भुजेल, सञ्जा यादव, जानुकादेवी भुजेल, पुष्पाकुमारी राई रहनु भएको छ । यस्तै उर्लाबारी–९ की गीता अधिकारी, निराश लिम्बु, चन्द्र गुरुङ पनि कांग्रेस प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसले उर्लाबारीको दुर्गापुरीस्थित चुम्लुङ भवनमा आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् । नवप्रवेशीलाई क्षेत्रीय सभापति खड्ग फागोले अविर लगाएर कांग्रेस पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै फागोले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनमा कांग्रेसको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्नुभयो । निरकुंश जहानियाँ राणा शासनको अन्याय र अत्याचारविरुद्ध क्रान्ति गर्न कांग्रेस स्थापना भएको प्रसँग उल्लेख गर्दैै क्षेत्रीय सभापति फागोले कांग्रेस सबै जातजातिको साझा पार्टी भएको दाबी गर्नुभयो । सर्वहारा गरीब जनताको पार्टी भन्दै झूट्को राजनीति गर्ने कम्युनिष्ट पार्टी एकल जातीय भएको समेत उहाँले आरोप लगाउनुभयो ।
उर्लाबारी नगरपालिकाका प्रमुख समेत रहनुभएका फागोले सहभागीहरुको प्रश्नको जवाफ दिँदै विकास निर्माणको काममा कसैलाई पक्षपात नगरिएको बताउनुभयो । विकास निर्माणमा सबैको सहभागिता अपरिहार्य हुने र आवश्यकता अनुसारको विकास निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको उहाँको भनाई छ ।
कांग्रेस उर्लाबारी–८ र ९ का संयोजक बाबुराम बुढाथोकीको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेसका महासमिति सदस्य ललित अधिकारी, र प्रकाश थापा, क्षेत्रीय सदस्य गोपाल कटवाल लगायते बोल्नु भएको थियो ।

Facebook Comments
Show More

Related Articles