अन्तरर्वाताअर्थबिबिधसमाचारसमाज

लगानी मैत्री वातावरण नै मेरो अर्जुन दृष्टि हो – प्रितम खड्गी अध्यक्षका प्रत्यासी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

उर्लाबारीका लागि प्रितम खड्गी चिर परिचित नाम हो । सानै उमेरमा ब्यापार ब्यावसायमा लागेका खड्गीले २०६६ मा उर्लाबारी उद्योग वाणिज्य सङ्घको महासचिव भएर काम गरिसक्नु भएको छ । निर्वाचन आउन अब एक साता भन्दा कम हुँदा चुनावी प्रचार समेत खड्गीले तीव्र पार्नु भएको छ । यो पटक वाणिज्य सङ्घको अध्यक्षमा जीतको नजिक पुग्नु भएका खड्गीसँग समसामयिक विषयमा हामीले गरेको कुराकानीको सास संक्षेप ।
–उर्लाबारी उद्योग वाणिज्य सङ्घको निर्वाचनले निक्कै ब्यस्त बनाएको देखिन्छ नि ?
० हो ,यो पटक अलि लामै चुनाव लाग्यो । एक महिना हुनै लाग्यो चुनावी अभियानमा लाग्या ।एफएनसीसीआईको सम्बन्धन लिएपछि सङ्घको जिम्मेवारी बढेको छ ।अब उर्लाबारीमा औद्योगिक लगानीका लागि वातावरण तयार गर्नुपर्छ । उर्लाबारीलाई पूर्वी मोरङको ब्यापारिक हबका रुपमा विकसित गर्नुपर्छ । यत्रो एक लाख जनसंख्या भएको सहरमा रोजगारी सिर्जना गर्ने उद्योग धन्दा छैनन् । विगतमा भएका कामलाई निरन्तरता दिँदै नयाँ सम्भावना खोज्ने चुनौति छ । त्यसैले पनि यो पटकको चुनावले अलि बढी ब्यस्त बनाएको हो ।
– रोजगार सिर्जना गर्ने कार्यक्रम चाँहि कस्ता छन् नि ?
० हेर्नुस, विगतमा सरकारले तीन खम्बे अर्थ नीतिको कुरा उठाएको थियो । कार्यान्वयन पक्ष फितलो भयो । तर अब हामी स्थानीय सरकार(नगरपालिका) नीजि क्षेत्र (उर्लाबारी उद्योग वाणिज्य संघ ) र यहाँका सहकारीबीच सहकार्य गरी कृषि र पर्यटन उद्योग स्थापना गर्ने वातावरण तयार गर्छौं । सरकारीसँग पैसा भएपनि उचित ठाउँमा लगानी हुन सकेको छैन । लगानी मैत्री वातावरण तयार हुँना साथ धमाधम उद्योग खोल्न सकिन्छ । तीन खम्बे अर्थ नीति कार्यान्वयन भए उर्लाबारी क्षेत्रमा ५÷७ सय रोजगारी सिर्जना हुनेछ । उर्लाबारी नगरपालिकाको ८ नं.र ९ नं. वडामा मत्स्य पर्यटन केन्द्र स्थापना गर्न सकिन्छ । अहिले पनि २ वडामा झण्डै २ सय विगाहामा माछापालन सुरु भएको छ । तर माछापालनमा लागेका ब्यावसायीलाई सरकार र नीजि क्षेत्रले प्रवद्र्धन गर्न सकेको छैन् । उर्लाबारीमा एउटा राम्रो फन पार्क छैन । हाम्रो लाखौं रुपियाँ बाहिर गएको छ । औद्योगिक र ब्यावसायिक सुरक्षाको प्रत्याभूति गर्न सकियो भने लगानीकर्ता भित्रिने निश्चित छ । लगानी मैत्री वातावरण नै मेरो अर्जुन दृष्टि हो ।
–तर,उर्लाबारीमा उद्योगी ,ब्यापारी सुरक्षित छैन, भनिन्छ नि ?
० हो बेला बेला असुरक्षित भएको सुनिन्छ । यद्यपि आतंक नै छ भन्ने होइन । त्यही भएर हामीले लगानीकर्ताको सुरक्षामा ध्यान दिइरहेका छौं । सुरक्षा भनेको प्रहरीले मात्र दिने होइन,सामाजिक सुरक्षा, भौगोलिक सुरक्षाको पनि कुरा आउँछ । एउटा ब्यापारी दिन दहाडै कुटिन्छ, वाणिज्य संघ केही बोल्दैन् । उद्योगमा सिल हुन्छ , वाणिज्य संघ एउटा विज्ञप्ति सम्म निकाल्न सक्दैन । एउटा ब्यापारीकोे पसलमा आगो लाग्छ , वाणिज्य संघ अरु ब्यापारीसँग चन्दा उठाउन हिड्छ । अहिले पनि सन्दैछु–चुनावका लागि चन्दा सङ्कलन अभियान सुरु भएको छ । वाणिज्य सङ्घले ब्यापारीले गल्ती गरेको छ भने उसलाई सही बाटोमा हिडाउन प्रेरित गराउनु पर्छ र ब्यापारी अन्यायमा परेको छ भने न्याय दिलाउन पहल गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।
–चुनावका लागि तपाईहरूको लोकतान्त्रिक टिमको एजेण्डा चाहिँ के हुन नि ?
० हेर्नुस ,उद्योग खोल्ने पैसा भएर पनि वातावरण लगानी मैत्री छैन । हाम्रो टिमले उठान गरेको पहिलो विषय नै लगानी मैत्री वातावरण हो । उर्लाबारीमा १०÷११ वटा वाणिज्य बैंक थपिएका छन् । उनीहरू पनि लगानी गर्ने उपयुक्त ठाउँ हेरिरहेका छन् । उर्लाबारीका साथीहरू दमक वा पथरी तिर गएर उद्योग सञ्चालन गर्नु नपरोस ।उर्लाबारीले ३÷४ वर्षयता डम्पिङ साइड निर्माणका लागि जग्गा भेटिरहेको छैन , त्यसैले फोहोर ब्यवस्थापन हाम्रो अर्को चुनौति हो । खोलाले वर्सेनि दुख दिइरहेको छ । उर्लाबारीमा औद्योगिक पूर्वाधर तयार गर्नुपर्छ भन्ने मेरो भनाई हो । नगरलाई पूर्वाधार सम्पन्न बनाएपछि लगानी कर्ता आफै आउँछन् ।अर्को कुरा घरभाडा र ब्यापारीबीच आउँ भनेर बोलाइरहनु पर्दैन ।
– तपाईहरूका एजेण्डा चाँहि के के छन् ?
०एजेण्डा पुरानै हुन । तिनलाई परिणाममुखी बनाउनु पर्छ । उद्योगी, ब्यापारीको ब्यावसायिक हित, प्रवद्र्धन , समय समयमा तालिम, उद्योगी ब्यापारीको स्तरीकरण, विधागत उप समिति निर्माण गर्ने हाम्रो एजेण्डा हो । त्यति मात्र होइन। अबको ३ वर्ष भित्र एउटा वीमा कोष तयार गर्ने । ताकि आगलागी हुँदा, बाढी पस्दा ,चोरी हुँदा, लुटिदा ब्यापारीले क्षतिपूर्ति पाओेस । हामीले सडकमा मकैपोल्ने,बदाम बेच्ने,जुत्तामा पोलिस गर्ने र फलफुल बेच्नेलाई पनि सङ्गठित गर्ने कार्यक्रम बनाएका छौं । सबै ब्यापारीको अभिलेखीकरण गरेर नगरमा कुन ब्यापारमा कति ब्यावसायिको आवद्धता छ, सो को आधारमा कार्यक्रम सञ्चालन गर्ने छौं ।
–कार्यक्रम त राम्रा छन् , कार्यान्वयन होला त ?
० हुन्छ, ढुक्क हुनुहोस । प्रदेश सरकार, नगर सरकार र वाणिज्य सङ्घको सहकार्यमा हामीले घोषणा गरेका भन्दा धेरै काम हुन्छन । नगरका मुख्य चौकमा नगरपालिकाको ७५ प्रतिशत सहयोगमा सीसी टिभी जडान भएको छ । थप ठाउँमा विस्तारका पहल हुनेछ । उर्लाबारीलाई उज्यालो शहर बनाउन नगरका मुख्य –मुख्य चौकमा सौर्य बत्ती जडानको कार्यक्रमलाई अझ बिस्तार गरिनेछ ।
–ब्यापारीका समस्यामा नेतृत्व पङ्क्तिले खासै चासो देखाएनन भन्ने आरोप लाग्ने गरेको छ नि ?
० त्यही भएर हामीले सधैं ब्यापारी उद्योगीको दुख सुखमा चासो देखाउने हाम्रो टिमलाइृ मत दिनुहोस भनेका हौं । ब्यापारीका मुख्य समस्या फर्म नबीकरण,पान र भ्याट नवीकरण,भाडामा दोहोरो मापदण्ड , बन्द हड्ताल, चन्दा आतङ्क र बेला बेलामा हुने अनुगमन हुन । अनुगमन गर्दा मापदण्ड विपरित ब्यापार भएको रहेछ भने हामीले सहानुभुति मात्र प्रकट गर्न सक्छौं । अरु समस्या समाधानका लागि हामी सधैं ब्यापार िसाथीहरूको साथ मै हुनेछौं । फर्म नबीकरण अब अनलाइनबाटै हुन थालेको छ । घरेलु तथा साना उद्योग कार्यालय नगर मै आएको छ । पान र भ्याटका लागि हामी राजश्व कार्यालय उर्लाबारीमा ल्याउनु पर्छ भनेर ‘लविङ’ गरिरहेका छौं । घरभाडा,बन्द हड्ताल र चन्दा आतङ्क न्यूनीकरण गर्न हामी हाम्रो क्षमता र हैषियतले भ्याए सम्म पहल गर्छाैं ।
–तपाईहरूको समूहले चुनाव जित्ने आधार के के हुन ?
० मैले माथि उल्लेख गरेका एजेण्डा नै चुनाव जित्ने आधार हुन् । यसका अतिरिक्त हामीले ब्यापारीलाई ढाटेका छैनौं । जे गर्न सक्छौं, त्यही गरेर देखाउने भनेका छौं । अब हरेक वर्ष उत्कृष्ठ ब्यापारीलाई सम्मान गर्ने परम्पराको थालनी गर्छौं । सडक किनारमा ब्यापार गर्नेहरूलाई पनि वाणिज्य सङ्घको अपनत्व दिलाउँछौं ।
–अन्त्यमा केही ?
०हामीले उर्लाबारी उद्योग वाणिज्य सङ्घको तीन दशक लामो इतिहास पार गरेका छौं । यहाँ सम्म आइपुग्दा संस्थाको विकास र उन्ननयनमा योगदान पु¥याउने सबै अग्रजलाई नमन गर्दछु । ब्यापारमा राजनीति हुँनु हुँदैन । तर ब्यापारीको पनि बिचार हुन्छ । त्यसैले चुनाबमा बिचारका आधारमा प्रतिस्पर्धा भएपनि ब्यापारीले आफ्नो पेशाका आधारमा ब्यावसाय सञ्चालन गर्नुपर्छ ।

Facebook Comments
Show More

Related Articles