बिबिधसमाचारसमाज

वडाध्यक्षले देखाए होटलमा लिला

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

महेन्द्रनगर,१ भदौ  / कञ्चपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाध्यक्ष परस्त्रीसँग रङ्गेहात पक्राउ परेका छन् ।

सदरमुकाम महेन्द्रनगरस्थित हिमाल मःम सेन्टरबाट भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष सुरेन्द्रबहादुर विष्ट १ महिलासँग रंगेहात पक्राउ परेको प्रहरी स्रोतले जानकारी दियो । वडाध्यक्ष पररस्त्रीसँग अवैध सम्बन्ध राखिरहेको खबर पाएपछि प्रहरी टोली तत्काल छापा मार्न त्यहाँ पुगेको थियो । छापा मार्दा उनी व्यूटीपार्लर सञ्चालन गर्दै आएकी महिलासँग नाङ्गै भेटिएका थिए ।

त्यहाँका प्रत्यक्षदर्शीका अनुसार त्यो होटलमा पहिलादेखि नै धन्दा हुँदै आएको छ र आज पनि व्यूटीपार्लर सञ्चालन गर्दै आएकी महिलासँग वडाध्यक्ष विष्ट रंगेहात परेका हुन् ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले बाहिर आएजस्तो केही नभएको र हल्ला गरिएको दाबी सञ्चारकर्मीसँगको कुराकानीमा गरेका छन् । कञ्चनपुर प्रहरीले औपचारिक प्रतिक्रियामा भने मापसे गरिरहेकाले उनलाई समातेको भनेको छ ।

महिलासँग रंगेहात पक्राउ परेका विष्ट गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट १६ नम्बर वडाको अध्यक्षमा निर्वाचित भएका थिए ।

जनताको काम गर्छु भन्दै चुनाव जितेका जनप्रतिनिधिले अच्चमको चर्तिकला देखाइरहेका छन् । जनताको काम गर्नुको साटो बजारमा ठूल्ठूला होटेलमा आफू मात्र बस्दैनन्, मदिरा सेवन गरेर युवती भ्याउन पछि परेका छैनन् ।

होटेलबाट वडाध्यक्ष पक्राउ परेपछि भीमदत्तनगरमा सनसनी मच्चिएको छ । यसरी जनताबाट निर्वाचित वडाध्यक्ष मदिरा सेवनसँगै यौनधन्दामा लिप्त भएपछि वडाबासी चिन्तित भएका छन् ।

Facebook Comments
Show More

Related Articles