समाचार

अरुण नदीमा ठूलो बाढी, ६० हजार परिवार खतरामा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

३०साउन / पूर्वी क्षेत्रमा बग्ने अरुण नदीमा आज (बुधबार) ठूलो बाढी आएको भन्दै त्यस आसपासका ६० हजार बासिन्दालाई सचेत रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ।

बाढीको बहावले खतराको तह पार गरेको जनाउँदै शाखाले एसएमएमार्फत् नदी आसपासका बासिन्दालाई सर्तक रहन आग्रह गरेको हो।

अरुण नदी सिम्लेमा पानीको सतह ११ दशमलव ४५ मिटर पुगको बाढी पूर्वानुमान शाखाले जानकारी दिएको छ।

नदीमा पानीको सतह ११ मिटर पुगेपछि खतराको संकेत दिने गरिएको बताइएको छ।

Facebook Comments
Show More

Related Articles