अन्तराष्ट्रीयसमाचार

युडले श्रीमती मार्नका लागि आफ्नै घर माथि प्लेन खसाले- तर आफै बच्न सकेनन् !

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

एजेन्सी । अमेरिकामा केही समय पहिले एक जना माथि श्रीमतीलाई पिटेको आरोप लगाइएको थियो । यसै कारण पनि हुनसक्छ सो व्यक्तिले श्रीमतीलाई मार्नका लागि आफ्नै घरमाथि प्लेन खसालेका छन् ।अमेरिकी प्रहरीका अनुसार उटाको पेशन नामक शहरमा यो घटना भएको हो । यो घटना घट्नु पूर्व डुएने युड नामक एक व्यक्तिलाई घरेलु हिंसाको मामलामा गिरफतार गरिएको थियो ।

सो प्लेनले घरलाई छुले वितिकै आगलागि भएको थियो । सो व्यक्ति आफै पनि बच्न सकेनन् । आफ्नो श्रीमती मार्ने झोँकमा आफै मर्नु परेको छ । तर घरमा रहेका आफ्नो श्रीमती र बच्चाहरु जसोतसो भागेर बच्न सफल भएका छन् । सो घरको केही भाग जलेको छ ।

यो घटना आज विहानको हो । अनुसन्धान गर्दै जाँदा डुएने जुन कम्पनीमा काम गर्थे, सोही कम्पनीको प्लेन थियो । जानकारीमा आए अनुसार डुएने एक अनुभवी पाइलट थिए । प्रहरीले उनलाई घरेलु हिंसाको ममलामा गिरफ्तार गरेपछि सोधपुछ गरेर छोडेको थियो ।

डुएनेले आफ्नो घरको १५ किलोमीटर टाढा रहेको एयरपोर्टबाट उडान भरेका थिए । त्यसपछि सिधै आफ्नो इलाकामा पुगे र आफ्नो घरमाथि खसाली दिए ।

यसरी प्लेन क्र्यास भएपछि प्रमाण जुटाउन अमेरिकी प्रहरीहरु लागि परेका छन् ।

Facebook Comments
Show More

Related Articles