मनोरञ्जन

भदाै एकमा मिस्टर भर्जिन आउँदै(भिडियाे)

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

इटहरी । नायिका मरिस्का पोखरेलले नेपाली चलचित्र मिस्टर भर्जिन परिवारसँग बसेर हेर्न मज्जा आउँने बताईन । भदौ १ गतेदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउन लागेको चलचित्र मिस्टर भर्जिनको प्रवद्र्धन गर्न रिपोर्टस क्लब इटहरी आएको मिस्टर भर्जिन टोलीले गरेको पत्रकारहरु सँग कुरा गदै ‘बुबाछोरी, आमाछोरा, दिदीभाइ वा दाजुबहिनी लगायत परिवारका जाेकाेहि संगपनि हेर्ने मिल्ने बताईन ।

यौन मनोविज्ञानमा आधारित चलचित्र भए पनि समाजमा पाच्य हुने गरी चलचित्र बनेको चलचित्र टिमले जनाएको छ । उनले यो चलचित्रले सेक्स कमेडी चलचित्र बनाउन चाहनेलाई पनि प्रेरणा दिने टिमको दाबी छ । मरिस्काले यस चलचित्रमा आफू सेक्स वर्कर भएर खेलेको भन्दै यसका लागि आफूले ठमेलमा गएर सेक्स वर्कर, कल गर्ल, बार डान्सरहरुसँग संगत गर्नुका साथै उनीहरुको आनीबानी, बोलीचालीसमेत नजिकबाट बुझेर जस्ताकोतस्तै उतार्ने प्रयास गरेको बताइन् ।

चलचित्रका नायक गौरव पहारीले मिस्टर भर्जिनको स्टोरी र कन्सेप्ट दुवै भर्जिन भएको र यो नेपालकै पहिलो सेक्स कमेडी चलचित्र भएको दाबी गरे । चलचित्र बनेपछि आफूले स्क्रिनमा हेर्दा आफैले गरेको अभिनय फरक र नयाँ लाग्नुका साथै आफैलाई मज्जा लागेर हाँसेको भन्दै भने, ‘फिल्मको नाम भन्दैमा नाक खुम्च्याउनुपर्ने छैन, लाजै लाग्नुपर्ने छैन, हलमा मोवाईल चलाउँनु पदैन उनले भने । मिस्टर भर्जिनमा भएका कुरा समाजमा घटिरहेकै विषयहरु भएको बताउँदै यसले दर्शकको मन मुटुमा राम्रो छाप पार्ने बताए ।अर्का अभिनेता कमलमणि नेपाल (खुपीका बाउँले) यस चलचित्रले सेक्सप्रति साँघुरो सोच राख्नेहरुलाई फराकिलो सोच बनाउन बाध्य पार्ने बताए । उनले भने, ‘हामी लुकीलुकी नीलो चलचित्र हेर्छौं, अश्लील पत्रिका र पुस्तक पढ्छौं, अश्लिल कुराहरु गर्छौं, तर खुलेर कुरा गर्न हिच्किचाउँछौं, तर यस चलचित्रले यौन शिक्षा त्यो पनि मनोरञ्जनात्मक तरिकाले दिन्छ ।’ उनले डबल अर्थ लाग्ने शव्दको प्रयोग शालिन तरिकाले प्रस्तुत गरिएकाले समाजमा पाच्य हुने उनले तर्क गरे ।

चलचित्रका निर्माता प्रजापति शिवाकोटीले मिस्टर भर्जिन तीन उमेर समूहका युवाहरुको फरकरफरक यौन चाहना र त्यसको लागि गरेको संघर्षमा आधारित रहेको जनाए । यो चलचित्र परिवारसँग बसेर हेर्न मिल्नुका साथै स्वस्थ मनोरञ्जनको चलचित्र भएको उनको भनाई छ । १ करोड २५ लाखमा निर्माण गरिएको मिस्टर भर्जिनले लगानी सजिलै उठाउने उनले विश्वास व्यक्त गरे । फिल्मका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

स्वर्गद्धार जाने दिन भदै एक भन्ने नाराका साथ सुरु हुन लागेको चलचित्रमा ‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको निर्माण रहेको फिल्ममा सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।

Facebook Comments
Show More

Related Articles