समाचारसमाज

अपांग राई लाई बेलबारी सरोकार मञ्च र लालभित्ती युवा समुहको सयुक्त आर्थिक सहयोग

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी २ का अपांग राई लाई बेलबारी सरोकार मञ्च र लालभित्ती युवा समुहको सयुक्त आर्थिक सहयोग बिभिन्न सामाजिक र सहयोगी भुमिका खेल्न मुख्य उदेश्य राखी हाल सालमै स्थापित भएको बेलबारी सरोकार मंच कतार र लालभित्ती युवा समूह कतारले सयुक्त रुपमा आर्थिक सहयोग भऐको कुरा हाम्रो समादाता लाई मञ्चका महासचिव नियुम भुजेल जानकारी गराउनु भयो। बेलबारी -२ लालभित्ती निवासी अपाङ्ग राजकुमार राईको उपचारको निम्ती थप टेवा पुगोस भनी उहाको शिघ्र स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोग यसै मंचका कोशाध्यक्ष श्री हरि घिसिङ मार्फत प्रदान गरिएको छ बिरामी राई जन्मजात बोल्न नसक्ने र उहाको शरिरमा निक्कै गहिरो घाउ रहेको र उक्त घाउ फैलिएर उठबस गर्न नसक्ने अवस्थामा वार्ड नम्बर -२ का जनप्रतिनिधि खिना बस्नेत र कृष्ण लिम्बु द्वयले केराबारी -९ भलुमा एकदमै नाजुक अवस्थामा भेटी उपचारको लागी अहिले धरानको घोपा क्याम्प राखी उपचार सुरु गरेका मञ्च का अध्यक्ष रोशन मोक्तान र युवा समुह अध्यक्ष निर्मल रिजाल जानकारी दिदै हामी विशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले स्थापित भऐको र हामी सधैं सामज प्रति उत्तरदायी भन्दा अर्को कुनै विकल्प नभऐको जानकारी दिदै हाम्रो सानो सहयोग पनि गरिब, अशक्त हरु को लागि ठुलो राहत हुन सक्छ भन्नु भयो।अहिले बेलबारी सरोकार मञ्च छोटो समय नै तिब्र रुपमा नगरवासी लाई संगठित गर्न लागि परेको कुरा मञ्चका सन्तोष सुनामले  जानकारी गराउनु भयो साथै मञ्च का महासचिव नियम भुजेलले रोजगारी मा रहेका नगरबासी विच कतार को छुट्टीको समय लाई सदुपयोग गर्दै कार्यक्रम गर्ने अन्तरिक तयारी रहेको कुराको पनि जानकारी गराउनु भयो।

Facebook Comments
Show More

Related Articles