खेलकुदबिबिधसमाचारसमाज

उर्लाबारी रनमा सहभागी हुन अछाम र गोरखाका धावक उर्लाबारीमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
उर्लाबारी २५  साउन । मोरङको उर्लाबारीमा शनिबार हुने उर्लाबारी रन २०७५ मा सहभागी हुन अछाम,गोरखा र पाँचथर जिल्लाबाट धावकहरू उर्लाबारी आई पुगेका छन् ।
अछामको मंगलसेन नगरपालिका ६ का १७ वर्षीय प्रविनकुमार बोहोरा,पाँचथर हिलिहाङ गाउँपालिका ५ सुभाङका दीपक सुहाङ र गोरखाका उद्धव बानियाँ र देव श्रेष्ठ उर्लाबारी रनमा सहभागी हुन शुक्रबार उर्लाबारी आइपुगेका हुन् । वानियाँ गत वर्षको कात्तिक यता देशमा भएका सबै जसो म्याराथुनमा सहभागी हुँदै आएका छन् ।

शुक्रबार बिहान उर्लाबारी आइपुगेका वानियाँले भने–काठमाडौं–सिन्धुपाल्चोकको ८५ किलोमिटर म्याथुनमा प्रथम भएपछि धावनमा उर्जा मिलेको छ । बानियाँले ८५ किलोमिटरको म्याराथुन १२ घण्टामा पुरा गरेको बताए । यस्तै उनले ४२ किलोमिटरको प्रधानसेनापति म्याराथुन प्रतियोगिता ३ घण्टामा पुरागरी १४ औं स्थान हासिल गरेको बताए । अन्नपूर्ण म्याराथुनको ४२ किमी लामो दौड उनले ४ घण्टामा पुरा गर्दै २४ औं स्थान हासिल गरे । यस्तै ५४ किमीको स्तुपा देखि स्तुपा सम्मको दौड बानियाँले ६ घण्टामा पुरा गर्दै सातौं स्थान हासिल गरे ।
काठमाडौंको सिंग्मा कलेजमा १२ कक्षामा पढिरहेका वानियालेँ प्रतियोगितामा उपाधि उचाल्न भन्दा पनि अभ्यासलाई निरन्तरता दिन सहभागि हुने गरेको बताए । अर्का प्रतियोगि पाँचथरका दीपक सुहाङ भारतीय गोर्खा सैनिक हुन् । पोखरामा भएको म्याराथुनमा भाग लिन नेपाल आएका सुहाङले भने– पत्र पत्रिकामा विज्ञापन देखेपछि सहभागी हुन मन लाग्यो ।
सामूदायिक विकास मञ्च उर्लाबारीले शनिवार आयोजना गर्ने प्रतियोगिता ७ दशमलव ५ किलो मिटरको मात्र रहेको छ । यद्यपि देशै भरका धावकको आकर्षणले आयोजकहरू खुशी देखिएका छन् । उर्लाबारी नगरपालिकाको १ लाख रुपियाँ सहयोगमा हुने प्रतियोगितामा हाल सम्म २०० जनाले सहभागिता जनाउन नाम सूचीकृत गरिसकेका छन् ।
प्रतियोगितालाई सिटि प्ले,पर्फेक्ट इन्टरप्राइजेज,दिनय ट्रेडर्स र ओजन पानीले सह प्रायोजन गरेका छन् ।
प्रतियोगितामा खुल्ला तर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार तेस्रोलाई ५ हजार र चौथोलाई १ हजार प्रदान गरिने छ । महिला र पुरुषलाई बेग्ला बेग्लै रुपमा सहभागि गराईने प्रतियोगिता आयोजक समितिका संयोजक प्रभु दिलुङ्छा राईले बताउनु भयो । यस्तै भेट्रान तर्फ पनि प्रथमलाई ५ हजार, दोस्रोलाई ३ हजार ,तेस्रोलाई २ हजार र चौथोलाई १ हजार पुरस्कार प्रदान गरिने छ ।

Facebook Comments
Show More

Related Articles