अर्थकृषिबिबिधसमाचार

सनपाट खेतीबाट लगानी नै उठ्न छोड्यो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
रंगेली(मोरङ) २५ साउन । कुनै बेला भारत र वंगलादेशमा निर्यात हुने गरी सनपाट उत्पादन गर्ने दक्षिण पूर्वी मोरङका किसान यतिबेला लगानी डुब्ने डरमा छन् । दक्षिणपूर्वी मोरङका साविक टकुवा, आमगाछी, बरडंगा, महादेवा,हसन्दह,अमरदह र रंगेलीका किसान सनपाट खेतीमा भएको लगानी नै नउठ्ने अवस्थामा पुगेको बताउँछन् ।रंगेली नगरपालिका ७ का किसान रमेशकुमार मण्डलले भन्नुभयो– १० कठ्ठा मा ३५ हजार रुपैयाँ खर्चेर खेती लगाएँ ।गत वर्ष प्रतिमन २४ सय रुपैयाँमा बिक्री भएको सनपाट यो वर्ष १हजार ६ सय भन्दा माथि मूल्य गएको छैन् ।’ सनपाट तुल्याउने प्रविधि परम्परागत नै भएकोले यो खेती अरु खेतीको तुलनामा झन्झटिलो रहेको किसानहरू बताउँछन् । सामान्यतया १० कठ्ठामा सनपाट खेती गर्न १८ हजार रुपियाँ खर्च हुने किसानहरूको भनाई छ ।सनपाट काटेर एकसाता अमारमा राखनुपर्छ । अमारमा राखेपछि सबैपात झर्छ । त्यसपछि साना साना मुठा बनाएर खाडीमा लगाउनु पर्छ । झण्डै तीन हप्तापछि सनपाट धुन योग्य हुन्छ । सनपाटबाट सन्डी निकाल्नलाई किसानले ३ महिना कुर्नुपर्छ भने पुरै उत्पादनका लागि ४ महिना लाग्छ । सुनवर्सी २ को बज्रघाटमा सनपाट धोइरहनु भएका कोकानन्द यादवले भन्नुभयो –‘गाई बस्तुलाई चाहिने डोरी,नाम्लो, दाम्लोको लागि मात्र खेती गरेको हुँ । उहाँले सबै साहुले सनपाट नकिनिदिने र मूल्य पनि लगानी अनुसार नआउने भएकोले खेती घटाउँदै गएको जानकारी दिनुभयो ।

रंगेली नगरपालिका ६ का उमेश मण्डल भन्नुहुन्छ – मुल्य आउँदा राम्रै आम्दानी हुन्छ । पछुवा धान समेत रोप्न पाइने भएकोले किसानहरू सनपाटमा आकर्षित भएका हुन । तर ३ वर्षयता लगातार मूल्य घटिरहेको छ । मुल्य घटेपछि लगानी नउठ्ने अवस्था आएको हो ।

सुनवर्सी १ का देवनारायण यादवले यो वर्ष ३ कट्ठामा सनपाट लगाउनु भएको थियो । तर,मजदुर लगाएर सनपाट तुल्याउँदा खर्च नउठ्ने भएपछि आर्फैं पटुवा धुन खाडीमा पसेको बताउनु भयो । उहाँले सनपाट खेतीमा आकर्षण घट्दै गएको बताउनु भयो ।
आव ०७३/०७४मा मोरङमा ५ हजार ७ सय ३८ हेक्टरमा सन्पाट (पटुवा) खेती भएको थियो। त्यसमा ८ हजार ६ सय ७ मेट्रिकटन सनपाट उत्पादन भएको थियो ।यस्तै ०७४/०७५ मा ५ हजार ४ सय ४२ हेक्टरमा सनपाट खेती भएको मा उत्पादनमा ८ हजार २ सय मेट्रिक टन उत्पादन भएको थियो । गत वर्षको बाढीले १ सय १० हेक्टर को सनपाट खेती नोक्सानी भएपछि उत्पादन घटेको हो । तत्कालीन क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उपे्रतीका अनुसार ०७५/०७६ मा झण्डै ५ हजार हेक्टरमा सनपाट खेती भएको छ । उहाँले सनपाट खेती निर्यातजन्य नगदेबाली भएपनि पछिल्लो दशक खेती र उत्पादन अत्यन्तै न्यून हुन थालेको बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles