समाचार

मुलुकको समृद्ध कायम गर्ने गरी सञ्चारकर्मीले कलम चलाउनु पर्छ-उपसभामुख

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

विराटनगर । प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले विभिन्न कठिनाई वीच मुलुकको समृद्ध कायम गर्ने गरी सञ्चारकर्मीले कलम चलाउनु पर्ने बताएकी छिन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नं १ समिति र संसदिय मामिला पत्रकार समाजको संयुुक्तरुपमा आयोजित एक दिने संसदीय समाचार रिपोटिङ्ग तालीमको आज उद्घाटन गर्दै उनले संसदको रिपोटिङ्ग गर्दा आउने विभिन्न समस्या समाधानका लागि प्रदेश सभा सदस्य वीच अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।

By:sanjaya karki

उपसभाम्ख पोखरेलले संसदीय रिपोटिङ्ग ज्यादै नै महत्वपूर्ण भएकोले प्रदेश सभाले गर्ने काम कर्तव्य जस्ता महत्वपूर्ण कार्यहरुलाईलाई जनतासमक्ष पुर्याउनु सञ्चारकर्मीहरुको ठूलो भूमिका रहेको बताइन् । पूर्व सांसद एवम् संसदीय मामिलाको विज्ञ रेवतीरमण भण्डारीले कानुुन निमार्णको सैदान्तिक पक्ष तथा कानुुन निर्माण प्रक्रिया वारेमा कार्यपत्र प्रस्तुुत गर्नुका साथै अध्यादेश,ह्विप(निर्देशन),कोरम,निजी विधेयक, अर्थ, सुरक्षा विधेयक,सैद्धान्तिक छलफल ,मस्यौदा, विधेयक , कानून, अंग आदि विषयमा प्रशिक्षण दिएका थिए ।

नेपाल पत्रकार महासंघ एक नम्वर प्रदेश समितिका अध्यक्ष विक्रम लुुइटेलले संसद रिपोटिङ्गमा सहजता ल्याउन तालिमको आयोजना गरिएको बताए ।

Facebook Comments
Show More

Related Articles