समाचार

ओली सरकारविरुद्ध महिलाहरु एकाएक सडकमा, गृहमन्त्रीको राजीनामा माग

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं – बलात्कार, अपहरण र हत्याहिंसाका घटना नियन्त्रण गर्न नसकेको र शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै महिलाहरु सडक प्रदर्शनमा ओर्लिएका छन्।

महिला हिंसा रोक्न माग गर्दै राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा महिलाहरुले महिलामाथि भइरहेको श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कारको विरोधमा मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेका छन् ।

संगठनकी अध्यक्ष रोशन कार्कीले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइन् ।

Facebook Comments
Show More

Related Articles