समाचार

१८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई भत्ता

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडाैँ । सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको हो ।

१८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिनेगरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँदैछ।

BY: sanjaya karki

संविधानको धारा ३३ मा उल्लिखित रोजगारीको हकको व्यवस्था कार्यान्यनन गर्न यो विधेयक बनाइएको हो। संविधानलेप्रत्येक नागरिकलाई रोजगारीको हक हुने प्रत्याभूत गरेको छ।

रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनबमोजिम हुने संवैधानिक व्यवस्थाअनुसार नै सरकारले कानुन बनाउन लागेको हो। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Facebook Comments
Show More

Related Articles