खेलकुदबिबिधसमाचारसमाज

तरुणलाई रचनात्मक कार्यमा लाग्न फागोको आग्रह

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

केराबारी १९ साउन । कांग्रेस क्षेत्रीय सभापति एबम् उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले तरुणहरूले रचनात्मक काममा लागेर सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।
शनिबार नेपाल तरुण दल केराबारीले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा फागोले सो कुरा बताएका हुन् ।उहाँले जनताको दुःख र समस्या समाधानका लागि क्रियाशील हुन तरुणहरुलाई आह्वान गर्दै सधै रचनात्मक काममा लाग्न सुझाव दिनुभयो । तरुण दल कांग्रेसको मेरुदण्ड र परिवर्तनको सम्वाहक भएको बताउँदै फागोले लोकतन्त्र रक्षाका लागि अझ सक्रिय रहन आग्रह गर्नुभयो । सबै जातजातिलाई मिलाएर कांग्रेसले मात्र लान सक्ने दाबी गर्दै फागोले कम्युनिष्ट एकल जातीय पार्टी भएको आरोप लगाउनु भयो ।
कांग्रेस जिल्ला सदस्य एबम् केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीले राष्ट्रिय राजनीतिमा तरुणको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । उहाँले खेलकुदमा गाउँपालिकाले सहयोग गर्ने र त्यसका लागि तरुणलाई जिम्मा दिने बताउनु भयो ।
कार्यक्रममा फुटबल खेलाडी केराबारी–७ का समिर लिम्बु, केराबारी–८ का सुर्य थापा र प्रवेश बस्नेतलाई सम्मान गरिएको थियो । उनीहरुलाई कांग्रेस क्षेत्रीय सभापति फागोले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
तरुण दल केराबारीका अध्यक्ष पप्पु साहको अध्यक्षतमा भएको कार्यक्रममा तरुण दलका जिल्ला उपाध्यक्ष खेम थापा, केराबारी–८ का वडाध्यक्ष मनोज खड्का, तरुण दल क्षेत्रीय संयोजक चन्द्र केसीलगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Facebook Comments
Show More

Related Articles