अन्तरर्वाताबिबिधसमाचारसमाज

लगानी मैत्री वातावरणका लागि हामी कटिबद्ध छौं– बिनोद न्यौपाने वरिष्ट उपाध्यक्षका प्रत्यासी(उर्लाबारी उवासंघ)

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

विभिन्न समयमा दर्जन बढी संस्थाको नेतृत्व गरी संस्थाको विकाससँगै सामाजिक छवि बनाउन सफल ब्यावसायीको नाम हो  विनोद न्यापाने । न्यौपाने आगामी भदौ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । यस अघि संघको सदस्य र महासचिवको जिम्मेवारी सम्हालिसक्नु भएका न्यौपाने उर्लाबारी नगरीमा २०५९ जेठ ६ गतेदेखि महालक्ष्मी मेसिनरी कन्र्सन सञ्चालन गरी ब्यवसायिक क्षेत्रमा प्रवेश गर्नुभएको हो । लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वारका रुपमा उभिनु भएका न्यौपानेसँग हामीले गरेको कुराकानीको सारसंक्षेप ।
–चुनाव आउनु भन्दा १ महिना अघि देखि नै ब्यस्त हुनुहुन्छ नि ?
० हो ,यो पटक अलि ब्यस्त नै भएको छु । अब उर्लाबारी उद्योग वाणिज्य संघ विगतको जस्तो मात्र छैन । एफएनसीसीआईको सम्बन्धन लिएपछि संघको जिम्मेवारी गहन रुपले बढेको छ । संघले अब उर्लाबारीमा औद्योगिक निर्माण,जग्गा व्यवस्थापानको वातावरण वनाई उद्योगीहरुको समुहलाई आह्वान गर्दै उर्लाबारीलाई ब्यापारिक क्षेत्रका रुपमा विकसित गराउनु पर्छ । साथैं स्थानीय, प्रदेश र संघीय सरकारसँग समझदारी काम गरी रोजगारको सिर्जना गरिनुपर्छ ।
– रोजगार सिर्जना गर्ने कार्यक्रम चाँहि के हुन नि ?
० कार्यक्रम के के हुन् ,भन्दा पनि स्थानीय, प्रदेश र संघीय सरकारसँग छलफलका आधारमा तयार गर्ने हो । उर्लाबारीमा राम्रो प्रपोजल ल्याई काम गर्ने टिमलाई सहयोग गर्नुपर्छ । अहिले केहि साथीहरुले उद्योग चलाई रहनुभएको छ । तर, त्यसको प्रवद्र्धन हुन सकेको छैन । सबैभन्दा महत्वपूर्ण कुरा औद्योगिक र ब्यावसायिक सुरक्षाको प्रत्याभूति गर्दै लगानीमैत्री वातावरण तयार गर्नुपर्छ । अनि मात्र रोजगारी आफै सिर्जना हुनेछ ।
–लगानी भित्रिनेमा कतिको आशावादी हुनुहुन्छ ?
०हेर्नुस , उर्लाबारीका ब्यवसायीसाथीहरुसँग लगानी नभएर उद्योग नखुलेका होइनन् । लगानी गर्न सक्षम हुनुहुन्छ, तर वातावरण छैन । तीन वर्षको अवधिमा ६/७ वटा वाणिज्य बैंक थपिएका छन् । उनीहरू पनि लगानी गर्ने उपयुक्त ठाउँ हेरिरहेका छन् । उर्लाबारीका साथीहरू उद्योग स्थापना गर्न बाहिर जानु नपरोस भनेर यो सोच ल्याएका हौ । कि खोला किनारको तटबन्धनलाई व्यवस्थापन गर्दै उद्योग सन्चालन गर्ने जग्गाको खोज गर्न सकिने हुँदा नगरपालिकासँग सहयोग लिदैं यो कार्यक्रम अगाडि बढाउन सकिनेछ ।
– तपाईहरूका एजेण्डा चाँहि के के छन् ?
० एजेण्डा पुरानै हुन सक्छन तर, तिनलाई व्यवस्थित रुपमा परिणाममुखी बनाउनु पर्छ । उद्योगी, ब्यापारीको ब्यावसायिक हित, प्रवद्र्धन , समय समयमा तालिम, उद्योगी ब्यापारीको स्तरीकरण, बस्तुगत समिति निर्माण गर्ने हाम्रो मुख्य एजेण्डा हो । त्यति मात्र नभई अबको ३ वर्ष भित्र एउटा वीमा कोष तयार गर्ने । ताकि आगलागी हुँदा, मृत्यु हुँदा,अपांगता हुँदा, ब्यापारीले क्षतिपूर्ति पाउन सकुन । हामीले सडक पेटीका व्यापारीहरुलाई पनि सङ्गठित गर्ने कार्यक्रम बनाउनेछौ  । सबै ब्यापारीको व्यवसायिक हितको कार्यक्रम सञ्चालन गर्नेछौ ।
–कार्यक्रम त राम्रा छन् , कार्यान्वयन होला त ?
० हुन्छ, ढुक्क हुनुहोस । नगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा हामीले घोषणा गरेका धेरै महत्वपूर्ण काम समिति मार्फत हुनेछन् । नगरका मुख्य चौकमा नगरपालिकाको ७५ प्रतिशत सहयोगमा सीसी टिभी जडान भएको छ । थप ठाउँ बरगाछी,दुर्गापुरी,आईतवारे र मंगलवारेमा विस्तार गरिनेछ । उर्लाबारीलाई उज्यालो शहर बनाउन नगरका मुख्य –मुख्य चौकमा सौर्य बत्ती जडानको कार्यक्रमलाई अझ बिस्तार गर्न पहल गर्नेछौ ।
–ब्यापारीका समस्यामा नेतृत्व पङ्क्तिले खासै चासो देखाएनन भन्ने आरोप लाग्ने गरेको छ नि ?
०त्यही भएर हामी सधैं ब्यापारी उद्योगीको दुख सुखमा रहेकोले हाम्रो टिमलाई मत दिनुहोस भनेका हौं । ब्यापारीका मुख्य समस्या फर्म नबीकरण,पान र भ्याट नवीकरण,भाडामा दोहोरो मापदण्ड , बन्द हड्ताल, चन्दा आतङ्क र बेला बेलामा हुने अनुगमन हुन । अनुगमन गर्दा मापदण्ड विपरित ब्यापार भएको रहेछ भने हामीले सहानुभुति मात्र प्रकट गर्न सक्छौं । अरु समस्या समाधानका लागि हामी सधैं ब्यापारी साथीहरूको साथ मै हुनेछौं । फर्म नबीकरण अब अनलाइनबाटै हुन थालेको छ । घरभाडा,बन्द हड्ताल र चन्दा आतङ्क न्यूनीकरण गर्न हामी हाम्रो क्षमता र हैषियतले भ्याए सम्म पहल गर्छाैं ।
–तपाईहरूको समूहले चुनाव जित्ने आधार के के हुन ?
०मैले माथि उल्लेख गरेका एजेण्डा नै चुनाव जित्ने आधार हुन् । यसका अतिरिक्त हामी अब हरेक वर्ष उत्कृष्ठ ब्यापारीलाई सम्मान र पुरस्कार प्रदान गर्नेछौ । सडक किनारमा ब्यापार गर्ने व्यापारीहरूलाई पनि वाणिज्य संघको अपनत्व दिलाउँछौं । हामी उर्लावाशीको मन जित्ने कामहरु गरेर देखाउने छौ ।
–अन्त्यमा केही ?
हामीले उर्लाबारी उद्योग वाणिज्य संघको तीन दशक लामो इतिहास पार गरेका छौं । यहाँ सम्म आइपुग्दा संस्थाको प्रगती र उन्नतीमा सहयोग पुर्याउनुहुने सबै पूर्व अध्यक्ष ज्यूहरु,व्यापारीसाथीभाई र कार्यसमितिका व्यक्तित्वहरुमा नमन गर्दछु । ब्यापारमा राजनीति हुँनु हुँदैन । तर ब्यापारीको पनि निजी बिचारमा हुने हुनाले आस्थालाई स्भाविक रुपमा लिन सकिन्छ । आस्थाका आधारमा प्रतिस्पर्धा भएपनि विचार सफा,गहन सोच,धैर्यता र इमान्दारिता भएका हाम्रा टिमका व्यक्तित्वहरुलाई विजय गराउन हुन अनुरोध गर्दछु ।

Facebook Comments
Show More

Related Articles