बिबिधमनोरञ्जनसमाचारसमाज

अशोक दर्जीको दोस्रो गीत सार्वजनिक

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

 

उर्लाबारी,१९ साउन । एउटा सडक बालकको दैनिकीलाई चित्रण गरेर रचना गरिएको गीतको म्युजिक भिडियो शनिबार मोरङको उर्लाबारीमा सार्वजनिक गरिएको छ । कलाकार मन्जुल मितेरीको शब्द रहेको गीत बहुचर्चित बालगायक अशोक दर्जीले गाउनु भएको हो । ‘झिलमा फुलु’ बोलको म्युजिक भिडियो उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले सार्वजनिक गर्नु भएको हो ।
भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै मेयर फागोले बाल प्रतिभाको पहिचान गराउन गीतले महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो । युवा मन नेपाल युवटुव च्यानलबाट सार्वजनिक गरिएको भिडियोले छोटो समयमा नै राम्रो प्रतिक्रिया पाईरहेको छ । कोशी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइकटहर नामले परिचित बालक स्माईल धिमालले अभिनय गरेका छन् ।
गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताउनु भयो

Facebook Comments
Show More

Related Articles