अर्थकृषिबिबिधसमाचारसमाज

सहकारीले दूध खरिद गर्न थालेपछि किसान पशुपालनमा आकर्षित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
कानेपोखरी १६ साउन । मोरङको कानेपोखरी–७ स्थित मातृभुमि कृषि सहकारी संस्था लिमिटेडले साझेदारीमा आधारित दूग्ध उत्पादन,प्रसोधन तथा बजारीकरण परियोजना सुरु गरेको छ ।

सहकारी विभागले ९ लाख ८२ हजार रुपियाँ अनुदान दिएपछि संस्थाले ९ लाख ९५० रुपियाँ थप गरी कुल १६ लाख ८२ हजार ९५० रुपियाँमा परियोजना सुरु भएको हो । दूध सङ्कलन हुन थालेपछि स्थानीय पशुपालक किसान लाभान्वित भएका छन् । संस्थाले एक हजार लिटर क्षमताको चिलिङ भ्याट राखेपछि बिहान बेलुका कै दूध बिक्री गर्न पाइएको किसानहरूको भनाई छ । दैनिक दूध बिक्री गर्दै आएका गङ्गाराम गौतमले भन्नुभयो–‘गाउँमा दुध सङ्कलन हुन थालेपछि गाई पाल्न हौसला मिलेको छ । उहाँले केही दिन अघि मात्र एउटा गाई थपेको बताउनु भयो । गौतमले दैनिक ८ लिटर दूध बिक्री गरिरहेको बताउनु भयो । अर्का पशुपालक किसान टंक लिम्बूले दैनिक १७ लिटर दूध बिक्री गरिरहेको बताउनु भयो ।
हाल दैनिक २ सय लिटर दूध सङ्कलन भइरहेको संस्थाका अध्यक्ष नगेन्द्र कोइरालाले बताउनु भयो । उहाँका अनुसार संस्थाले यही वर्ष युवा स्वरोजगार कोषबाट कर्जा लिएर किसानलाई सस्तो ब्याजमा गाई खरिदका लागि लगानी गरेको छ । १० प्रतिशत ब्याज दरमा गाई खरिदका लागि ऋण दिएपछि किसान धमाधम गाई किनेर दूध बिक्रीमा लागेका छन् । उहाँले विपन्न र बेरोजगार शेयर सदस्यलाई विना धितो कर्जा दिएर स्वरोजगारमा लाग्न उत्प्रेरित गरिरहेको बताउनु भयो ।
दूध सङ्कलन सुरु गरेको पहिलो महिना चलिरहेको छ । किसानले संस्थाको लक्ष्य अनुसार नै दूध उत्पादन गरिरहनु भएको छ ।अध्यक्ष कोइरालाले १ वर्षमा दैनिक १ हजार लिटर दूध सङ्कलनको लक्ष्य रहेको बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles