समाचार

केराबारीमा प्रहरी र काठतस्करबीच झडप, एकराउण्ड हवाई फायर

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

केराबारी, १५साउन- मोरङ्गको केराबारी १०मा गएराती काठतस्कर र प्रहरी बीच झडप भएको छ। गएराती करिव साढे आठबजेतिर सो झडप भएको हो। सखुवाको फेन्टा (काँधमा बोक्न सक्ने परिमाण) बोकेर केराबारी बजारतर्फ आउँदै गरेका काठतस्कर र इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी बीच केराबारीको कालिपोखरी जाने बाटोमा झडप भएको हो।झडपको क्रममा प्रहरीलाई खुकुरी प्रहार गर्न तस्कर अगाडी बढेपछि प्रहरीले हवाई फायर गरेको श्रोतले जनाएको छ। करिव एक दर्जनको संख्यामा रहेका काठतस्कर र मोटरसाईकलमा गस्तिमा रहेका दुईजना प्रहरीबीच झडप भएको हो।
प्रत्येक काठतस्करले काँचो सखुवाको फेन्टा बोकेर बजार आउँदै गर्दा गस्तिमा रहेको प्रहरीले भेटेको थियो। प्रहरीले रोक्न भनेपछि प्रहरीतिर आईलाग्न खोजेको र प्रहरीले हवाई फायर गरेको जनाएको छ।

काठतस्करको साथबाट प्रहरीले खुकुरी, आरा, रैँति,टर्चलाईट कपडा र उनिहरुले बोकेको काठको फेन्टा करिव ६किबीसमेत बरामद गरेको मोरङ्गका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार केसीले जानकारी दिनुभयो।

Facebook Comments
Show More

Related Articles