समाचार

गोल्डेन फार्मेसीले विरामीलाई ठग्यो, प्रहरीले मिलापत्र गरायो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

विराटनगर / विराटनगर गोल्डेन हस्पिटल भित्र सञ्चालन रहेको गोल्डेन फार्मेसीले औषधि खरिद गर्न आउने विरामीलाई ठगि गरेको छ । उपचारकालागि आएका उदयपुर कटारी नगरपालिका–१४ घुर्मीका चुणामिण श्रेष्ठलाई ठगि गरेको हो । उनले छोरी संगितालाई गत शनिवार उपचारकालागि अस्पताल भर्ना गराएका थिए ।

उनले औषधिको मूल्य बढि लिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीले फार्मीसी सञ्चालकलाई मुद्धा चलाउनको साटो मेलमिलाप गराएर फर्काएको छ । आज प्रहरीले फार्मेसी सञ्चालक मध्येका एक रहबर अलीलाई पक्राउ गरेको थियो । तर पक्राउ गरेको दुई घण्टा नबित्दै मेलमिलाप गराएर फर्काएको हो ।

वडा प्रहरी कार्यालय विराटनगर ‘क’ प्रहरी निरिक्षक प्रमोद कुर्मीले मिलापत्र गराएर पठाएका हुन् । तर कुर्मी भने श्रेष्ठ परिवारले मुद्धा चलाउन नचाहेका कारण मिलापत्र गराएको बताउँछन् ।

फार्मेसीले श्रेष्ठ परिवारलाई १६ हजारको बिल थमाएको थियो । वडा प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले फार्मेसी सञ्चालकले गल्ती भएको बताएपछि पीडितलाई प्रहरीले मिल्न दबाव दिएको थियो । प्रहरीले मिल्न दवाव दिएपछि श्रेष्ठ परिवारले पनि मानेको थियो । फार्मेसी सञ्चालकले कर्मचारीबाट गल्ती भएको भन्दै ६ हजार रुपैया छुट दिएपछि प्रहरीको दबावमा पीडित परिवारलाई दिएका थिए ।प्रहरीले मुद्धा चलाउन सक्ने भएपनि मिलेमतोमा मिलापत्र गरी पठाएको पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेलले गुनासो गरे ।

Facebook Comments
Show More

Related Articles