समाचारसमाज

गुरुकुल पाठशाला बेलबारीमा बाल क्लबको गठन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी,७ साउनबेलबारी नगरपालिका वडा नं. मा संचालित गुरुकुल पाठशालामा बाल क्लब गठन भएको छ । कार्यक्रमकाे सहजीकरण स्कुलका काेअर्डिनेटर रश्मी श्रेष्ठ सुबेदी र ओमनाथ गौतमले सहजीकरण गर्नु भएको थियो । शिक्षीकाहरु अस्मिता पोख्रेल, सुष्मिता उप्रेति, अत्रिप्ति फुयाल, माया तिम्सिना र रेबिका राईको सक्रियतामा उक्त क्लब को नाम गुरुकुल बालक्लब  नामाकरण गरीएकोे हाे। कार्यक्रममा बिद्यालयका  निर्देशक सुनिलदत्त अधिकारीले बालक्लब  गठन गर्नुको उद्देश्य, क्ल्बको महत्व र जिम्मेबारीका बारेमा प्रष्ट पार्दै बाल अधिकारको सुनिश्चताको लागी क्लबका पदाधिकारीहरुले महत्वपुर्ण भुमिका खेल्न सकुन भन्ने बुभकामना र बधाई दिनु भएको थियो । कक्षा ६ मा अध्ययनरत छात्रा रोजिना बस्नेतको नेतृत्वमा ११ सदस्यीय गुरुकुल बाल क्लब (GURUKUL CHILD CLUB) गठन भएको हाे। उक्त नवगठित क्लबमा तपशिलका सदस्यहरु रहेका छन् ।
अध्यक्ष: रोजिना बस्नेत कक्षा ६
उपाध्यक्ष: प्रकृति निरौला कक्षा ५
सचिव: प्रतिक श्रेष्ठ कक्षा ६
सह–सचिव :हुकुम राई कक्षा ४
कोषाध्यक्ष: दिवस बुढाथोकी कक्षा ६
सदस्य: सल्बिक गुरुङ कक्षा ४
सदस्य:  प्रिसु भण्डारी कक्षा ६
सदस्य:  सक्षम सुबेदी कक्षा ६
सदस्य:  मेट्रिना मगर कक्षा ६
सदस्य:  निश्मा गिरी कक्षा ५
सदस्य: आगमन अधिकारी कक्षा ५

Facebook Comments
Show More

Related Articles