समाचारसाहित्य

ऐतराज केरुङ स्मृति गजल पुरस्कार रावललाई

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

गजल मञ्च पाँचथरले हरेक वर्ष मोतीजयन्तीको अवशरमा प्रदान गर्दै आएको ऐतराज केरुङ स्मृति गजल पुरस्कार यस वर्ष गजलकार ललीजन रावललाई प्रदान गरिने भएको छ ।

मञ्चले आइतबार फिदिममा पत्रकार सम्मेलन गरेर ऐतराज केरुङ स्मृति गजल पुरस्कारको छैठौं संस्करण अछाममा जन्मेका गजलकार रावललाई प्रदान गरिने निर्णय भएको जनाएको छ । रावलको ‘केही गजलहरु–२०४२’, ‘बिरानो यो ठाउँमा–२०४६’, ‘टहटह जून–२०६७’, ‘एउटा बन्द खाम–२०६५’ लगायत दश वटा कृति प्रकाशित छन् ।सम्मान–पत्र सहित नगद पाँच हजार ५५५ रुपैंयाँ रासीको उक्त पुरस्कार १५३ औं मोतीजयन्तीको अवशर पारेर आगामी भदौ २३ गते प्रदान गरिने गजल मञ्च पाँचथरका अध्यक्ष दीपक खनालले बताए । सो अवशरमा राष्ट्रियव्यापी गजल प्रतियोगिता, विशेष गजल र कविता वाचन समेत हुने बताइएको छ । ब्लस्त खबर बाट

Facebook Comments
Show More

Related Articles